आइपिएल अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच हुदै छ । कोलकोताको इडम गार्डेनमा हुने यो खेल अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म कोलकोताले ४ खेलमा २ जित र २ हर बेहोरेको छ । त्यस्तै लखनउले पनि ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।
त्यसैगरी आज अर्को खेल पञ्जाव किंग्स र चेन्नई सुपर किंग्सबीच हुदै छ । पञ्जावको घरेलु मैदान मुल्लनपुर स्टेडियममा हुने यो खेल राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा अहिलेसम्म पञ्जावले ३ खेलमा २ जित र एक हार बेहहोरेको छ भने चेन्नईले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ ।
Facebook Comments Box