एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।
आज एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले वालिङलाई ४–१ गोलले हरायो । तालिकामा १२ अङ्कसहित एपीएफ शीर्ष स्थानमा छ । त्रिभुवन आर्मी क्लब पाँच खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । १० अङ्क रहेको पुलिस तेस्रो, तीन अङ्कसहित बागमती चौथो र अङ्क जोड्न नसकेको वालिङ पुछारमा छ ।

लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिग माघ १६ गतेसम्म चल्ने छ ।
Facebook Comments Box