By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > समाचार > लखन बाटिकाको भित्रिपथ बाटोको शिलान्यास

लखन बाटिकाको भित्रिपथ बाटोको शिलान्यास

संवाददाता
संवाददाता
२०८१ पुष १२, शुक्रबार १८:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, स्थित प्रथम शहिद क्याप्टेन लखन थापा मगर स्मृती बाटिकाको भित्रिपथ बाटोको शिलान्यास गरिएको छ । बागमती प्रदेशका पूर्व खानेपानी तथा सिचाँई मन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रबार भित्रिपथ बाटोको शिलान्यास गरिएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले देशको राष्ट्रिय विभुती र देश बनाउनका लागि लखन थापासहित पुर्खाहरुले गरेको बलिदान र पुर्याएको योगदानको चर्चा गरे । उनले नेपाल एउटा साझा फुलवारी भएको भन्दै कुनै पनि जातजाती छुट्याउन नहुने र यसलाई अन्र्तराष्ट्रिय स्तरसम्म चिनाउन सबैले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । हेटौंडा नगरबासीले लखन बाटिका बनाउनका निम्ति लगनशील भएर लागेकोमा उनले खुशी व्यक्त गरे ।

उनले भने, ‘नेपालको पहिलो शहिद लखन थापा मगरको सम्झनामा हेटौंडामा स्मृति पार्क बनेको छ , हामीले बनाएका छौं । यो कुरामा हेटौंडाबासीले गर्ब गर्नुपर्छ ।’ साथै उनले हेटौंडा–१२ मात्र नभई अन्य विभिन्न पार्क बनाउनका लागि पनि प्रदेश सरकारले रकम विनियोजन गरेको बताए । शिलान्यास कार्यक्रम उक्त बाटिकाका अध्यक्ष विश्व आले मगरको सभाध्यक्षतामा भएको हो । अध्यक्ष मगरले भित्रीपथ बाटोमा ईन्टरलक ब्लक लगाउनका लागि बागमती प्रदेश सरकारबाट १० लाख रुपैंंया रकम प्राप्त भएको जानकारी दिए । हाल उक्त रकमबाट लखन बाटिका स्मृतीको भित्रिबाटोमा १ सय १ मिटरको वाल लगाउने, ४ मिटरको बाटो लगायत महिला र पुरुषको शौचालय बनाउने कार्य समेत भइरहेको उनले बताए । लखन बाटिकाको भित्रीपथ बाटो निर्माण गर्न मात्र नभई विभिन्न विकासको काम गर्नका लागि सबैबाट सहयोग प्राप्त र यस ठाँउको चिनारीलाई महत्वका साथ हेरिदिएको भन्दै अध्यक्ष मगरले खुशी व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा समाजसेवी राजेश नगरकोटी, फुलबारी टोल विकासका अध्यक्ष कृष्ण थिङ्ग, परिर्वतन सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नन्द किशोर नेपाली, नेपाल बौद्ध सेवा समाज मकवानपुरको अध्यक्ष ज्ञानबहादुर कालिकोटेलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि एवम् संचारकर्मीहरुको आतिथ्यता रहेको थियो

Facebook Comments Box

यो पनि पढ्नुहोस्

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक

विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी

थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा

कांग्रेस संसदीय दलको बैठक भोलि

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?