By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ फाल्गुन १४, बिहीबार १९:४७

आर्थिक सहायता कोषको अभावका कारण दक्षिण सुडानमा १९ लाखभन्दा बढी मानिसको जीवन जोखिममा परेको राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकायले जनाएको छ ।

विश्वको सबैभन्दा बढी विस्थापन प्रभावित देशमध्ये एक दक्षिण सुडानमा मानवीय आवश्यकताहरू नाटकीय रूपमा बढिरहेको राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय (आइओएम) ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रसंघका अनुसार दक्षिण सुडानका राष्ट्रपति साल्भा कीर र उहाँका लामो समयदेखिका प्रतिद्वन्द्वी रिक माचरका समर्थकहरूबीच केही समयअघि हिंसा बढेको थियो । यसको धेरैजसो भूभाग जोङलेई राज्यमा केन्द्रित छ । त्यहाँ कम्तीमा २ लाख ८० हजार मानिस विस्थापित भएका खबरमा दाबी गरिएको छ । विश्वको नयाँ सार्वभौम देश दक्षिण सुडान सन् २०११ मा स्थापना भएदेखि नै गृहयुद्ध, गरिबी र व्यापक भ्रष्टाचारको चपेटामा छ ।

वर्षौँको द्वन्द्व, बाढी र अस्थिरताका कारण विस्थापनको सामना गरिरहेको दक्षिण सुडान छिमेकी सुडानमा द्वन्द्वबाट भागेर आउने नयाँ आगन्तुकहरूको व्यवस्थापन समस्यासँग पनि जुधिरहेको एएफपीले जनाएको छ । सन् २०२३ अप्रिलमा सुडानमा युद्ध शुरू भएदेखि १३ लाखभन्दा बढी मानिसहरू दक्षिण सुडानमा प्रवेश गरेका छन् । यसले सीमावर्ती समुदाय, सेवा तथा कमजोर पूर्वाधारमा ‘ठूलो दबाब’ सिर्जना गरेको राष्ट्रसंघको भनाइ छ ।

कोषको कमीले लाखौँ मानिसका लागि दिगो समाधानको प्रगतिलाई कमजोर पार्ने देखिएको आइओएम परियोजनाका उपमहानिर्देशक उगोची डेनियलले बताउनुभएको छ । आइओएमले सन् २०२६ को प्रतिकार्य योजनाका लागि व्यवस्था गरिएको २९ लाख अमेरिकी डलर सहयोग निकै कम भएको जनाएको छ ।

राष्ट्रसंघमा सबैभन्दा ठूलो योगदानकर्ता रहँदै आएको अमेरिकाले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्केपछि आफ्नो वैदेशिक सहायता कोष कटौती गरेको छ । अन्य देशहरूले पनि आफ्नो सहयोगमा कडाइ गरेका छन् । उज्यालो अनलाइन बाट

Facebook Comments Box
सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो
पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने
ग्याँस व्यवसायी संघको शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम सम्पन्न
गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ
गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

थप समाचार

आज सुनको भाउ तोलामा ५ हजार ८०० रुपैयाँले बढ्यो

२०८३ जेष्ठ ६, बुधबार १८:२३

ओपेक प्लसद्वारा तेल उत्पादन बढाउने निर्णय

२०८३ जेष्ठ ६, बुधबार १७:४६

निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु

२०८३ जेष्ठ ६, बुधबार १७:४८

शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घट्याे

२०८३ जेष्ठ ६, बुधबार १८:२५

अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरू भएको दुई महिना पूरा

२०८३ जेष्ठ ६, बुधबार १७:५९

अमेरिका–इरान दोस्रो चरणको वार्ता अनिश्चित

२०८३ जेष्ठ ६, बुधबार १८:०१

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ जेष्ठ ६, बुधबार १७:५५

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

२०८३ जेष्ठ ६, बुधबार १८:२८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?