By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ चैत्र १२, बिहीबार १२:००

जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले उक्त प्रतिवेदनलाई “अपूर्ण, चयनात्मक र राजनीतिक प्रभावमा परेको दस्तावेज” भन्दै सम्पूर्ण घटनाक्रमको निष्पक्ष र स्वतन्त्र पुनःछानबिनको माग गरेको हो।

मुभमेन्टले जारी गरेको प्रेस वक्तव्यअनुसार राज्यका तर्फबाट औपचारिक रूपमा सार्वजनिक हुनुपर्ने प्रतिवेदन चुवावट भएर मिडियामार्फत बाहिरिएपछि मात्र सार्वजनिक गर्नु सरकारको संस्थागत कमजोरी, गैरजिम्मेवारी तथा पारदर्शितामाथिको गम्भीर प्रश्न भएको जनाएको छ।

वक्तव्यमा भाद्र २३ गते राज्य पक्षबाट भएको दमनबारे कारबाहीको विषय समेटिनु आवश्यक भए पनि भाद्र २४ गते भएका जेल तोडफोड, आगजनी, लुटपाट तथा अराजक गतिविधिहरूको समुचित छानबिन नभएको भन्दै प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ। “यसले सत्यलाई आंशिक बनाउँदै विधिको शासन र राष्ट्रिय सार्वभौमसत्तामाथिको आक्रमणलाई कमजोर रूपमा प्रस्तुत गरेको देखिन्छ,” वक्तव्यमा उल्लेख छ।


त्यसैगरी, आन्दोलनको कारण र मूल मागहरूमाथि राज्यले ध्यान नदिएकोप्रति पनि मुभमेन्टले आपत्ति जनाएको छ। जेनजी आन्दोलन शासकीय स्वरूपमा परिवर्तन, सार्वजनिक संस्थाहरूको पुनर्संरचना, २०४८ साल यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन तथा राज्य संयन्त्रको दलीयकरण अन्त्यको मागसहित उठेको ऐतिहासिक राजनीतिक अभिव्यक्ति भएको उल्लेख गरिएको छ।

मुभमेन्टले घटनाको सतही छानबिन मात्र गरेर समस्या समाधान नहुने भन्दै व्यापक, स्वतन्त्र र निष्पक्ष पुनःछानबिनको आवश्यकता औंल्याएको छ। साथै, आगामी सरकारले आन्दोलनका मूल मागहरू सम्बोधन गर्दै संरचनात्मक सुधारका लागि स्पष्ट र कठोर कदम चाल्नुपर्नेमा जोड दिएको छ।

Facebook Comments Box
५०औं स्वर्ण महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउदै निर्मल मा.वि.। प्रधानाध्यापक प्रवोध विडारी
सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
माण्डुखोलाको पक्की पुलको उद्घाटन
गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?