By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ फाल्गुन २०, बुधबार १८:४१

काठमाडौं । इरानको नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई बनेका छन् । तेहरानस्थित ‘एसेम्बली अफ एक्सपट्र्स’ले ५६ वर्षीय मोजतबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको छ । मोजतबा इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीईका जेठा छोरा हुन् ।

अमेरिका–इजरायलको आक्रमणमा अली खामेनेईको मृत्यु भएपछि इरानमा नयाँ सर्वोच्च नेताबारे अड्कलबाजी भइरहेको थियो । मोजतबालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको समर्थनबाट छानिएको बताइएको छ ।

सञ्चारमाध्यमका अनुसार, मोजतबाको चयन इरानी रिभोलुसनरी गार्ड कोप्र्सको दबाबमा भएको हो । तथापि, इरानको इस्लामिक गणतन्त्रले प्रायः वंशानुगत शासनको आलोचना गर्दै आएको छ । यद्यपि, अली खामेनेईले आफ्ना उत्तराधिकारीहरूको सूचीमा मोजतबाको नाम समावेश नगरेको बताइएको थियो । अर्कातर्फ, इरानको शिया धार्मिक नेतृत्वमा बाबुबाट छोरामा सत्ता हस्तान्तरण हुनुलाई सामान्य रूपमा स्वीकार गरिँदैन ।

को हुन् मोजतबा ?

इरानका पूर्वसर्वोच्च नेता अली खामेनेईका जेठा छोरा मोजतबा कुनै उच्चपदस्थ धार्मिक नेता होइनन् । उनले कहिल्यै सरकारी पद सम्हालेनन् र शासनमा कुनै औपचारिक हैसियत राखेनन् । तैपनि, देशको राजनीतिमा उनको गहिरो प्रभाव रहेको मानिन्छ । विशेषगरी, मोजतबाको इरानी रिभोलुसनरी गार्ड कप्र्ससँग नजिकको सम्बन्ध रहेको बताइन्छ । उनले इरान युद्धका क्रममा इरानी सेनाको तर्फबाट सहभागिता जनाएका थिए ।

खामेनेई परिवारका उनी युद्धकालमा जीवित सदस्यमध्ये पर्छन् । उनको परिवारका अन्य सदस्य पत्नी, छोरी, नाति, बुहारी र ज्वाइँको मृत्यु भइसकेको छ ।

मोजतबामाथि लगाइएको थियो प्रतिबन्ध

अमेरिकाको अर्थ मन्त्रालयले सन् २०१९ मा मोजतबामाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार, मोजतबाले आफ्नो बुबाको कार्यालयमा कुनै पदमा निर्वाचित वा नियुक्त नभई काम गरेका थिए र अनौपचारिक रूपमा पूर्वसर्वोच्च नेताको प्रतिनिधित्व गरेका थिए ।

मोजतबा खामेनेईको जन्म सन् १९६९ मा मशहद सहरमा भएको थियो । उनका बुबाले शाहविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका बेला उनी हुर्किएका थिए ।

श्रोत १२खरी  अनलाइन

Facebook Comments Box
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी
टी–२० विश्वकपमा जिम्बावेले अस्ट्रेलियालाई हरायाे
सुन–चाँदीको मूल्य फेरि बढ्यो
विश्व बैंकले दिँदै आएको ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?