By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-2 > उधोग र व्यापारको माध्यमबाट देशप्रति मारवाडी समुदायको योगदान ठूलो छ : मन्त्री श्रेष्ठ

उधोग र व्यापारको माध्यमबाट देशप्रति मारवाडी समुदायको योगदान ठूलो छ : मन्त्री श्रेष्ठ

संवाददाता
संवाददाता
२०८० चैत्र २४, शनिबार ११:३२

२४ चैत/हेटौंडा। बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले उधोग तथा व्यापारको माध्यमबाट मारवाडी समुदायले राष्ट्रलाई ठूलो योगदान पुर्याएको बताउनुभएको छ ।

मारवाडी एशोसिएसन मकवानपुरको २८ औं वार्षिक साधारणसभा एवं सम्मान कार्यक्रमका प्रमुख अतिथि खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्रेष्ठले देशको जनसंख्याको हिसाबले सानो भएपनी राजश्व तिर्नेको ठूलो हिस्सेदार मारवाडी समुदाय रहेको भन्दै राज्यले सबै जातजाति र समुदायलाई समान रुपमा व्यवहार गर्दै आएको बताउनुभयो । नेपाल बहुजातिय बहुभाषिक राष्ट्र भएकोले यहाँ सबै जातजाति समुदायको उत्तिकै समान अधिकार छ । कानुनतः जातीय विभेद दण्डनीय भएकोले त्यस्तो भएमा दण्डको भागिदार हुने उहाँले बताउनुभयो । यसैगरी विशेषगरि व्यवसायिक घराना भनेर चिनिने मारवाडी समुदाय र नयाँ पिढीलाई उधोग व्यवसायको क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा पनि उत्तिकै अघि बढ्नलाई आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले व्यापारको क्षेत्रमा अगाडि रहेको मारवाडी समुदाय परोपकारी र सामाजिक कार्यका क्षेत्रमा खेलेको भुमिकाको प्रसंशा गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले आफू निर्वाचित भएर आएदेखी मारवाडी समुदायलाई हरेक प्रकारको साथ र सहयोग प्रदान गर्दै आएको बताउनुभयो । हेटौंडा बजारको मुख्य व्यापारिक क्षेत्र रहेको ४ नम्बर वडामा आउने सर्वसाधारणको लागि हुप्रचौरमा निशुल्क सार्वजनिक शौचालय निर्माण गरिसकेको र अब कान्तिराजपथ क्षेत्रमा थप एउटा निशुल्क सार्वजनिक शौचालय निर्माणको चरणमा रहेको जानकारी गराउनुभयो । साधारणसभामा मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल, रुङ्टा ग्रुपका प्रमुख मुरलिधर रुङ्टा, मारवाडी महिला मञ्चकि अध्यक्ष सुनिता शर्मालगाएतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका अवसरमा जेष्ठ नागरिक ४ दम्पतीलाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box

यो पनि पढ्नुहोस्

नेपालमै पहिलो आल्मुनियम व्हिल चियर निर्माण गर्दै इन्जिनियर दिनेश बस्नेत। कार्यक्रम स्वदेशमै

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

आज अमेरिकी डलरको भाउ घट्यो

टेस्लाको नाफा घटेपछि मस्कले ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने

ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?