By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • शैक्षिक गतिविधिहरु
    • चित्रकला
    • रचना
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
Menu
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • शैक्षिक गतिविधिहरु
    • चित्रकला
    • रचना
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-2 > बनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी

बनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी

संवाददाता
संवाददाता
७ बैशाख २०८२, आईतवार १०:१६

हेटौडा।लोपोन्मुख जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखी ८ सम्म अध्ययनरत बालबालिकालाई मकवानपुरको मनहरी गाउँपालिका ४, मुसेधापमा शनिवार उक्त सामग्रीहरु वितरण गरिएको हो ।
अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको थियो । मनहरी गाउँपालिका ४ का वडा अध्यक्ष प्र्रकाश थापाले बनकरिया २२, चेपाङ २५ र तामाङ ४ गरी ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरेका थिए ।
कार्यक्रममै वनकरियासहित ५१ बालबालिकाका लागि कपी ५६ दर्जन, डट्पेन १५ पाकेट, पेन्सील ५ बक्स, सापनर १५ बक्स, ईरेजर १५ बक्स, रेकर्ड फाईल ५० वटा लगायतका शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो । अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा सन्तोषी परियोजना अन्तरगत १ बर्षका लागि ट्युसन कक्षा संचालन गर्न प्रदान गरिएको हो । परियोजना अन्तरगत सन् २०१५ देखी सन्तोषी बनकरियाले बनकरियासहितका बालबालिकालाई निःशुल्क ट्युसन अध्यापन गराउँदै आएकी छिन् ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, कर्मचारी रुकमणि श्रेष्ठ, बंगलादेशी स्वयम् सेवक एलिजा बास्के र अप्सना अनि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका लेखा संयोजक अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
यसैबिच, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजनामा शुक्रबार जलवायु परिवर्तनले आदिवासी महिला तथा किशोरीहरुलाई पारेको असरबारे छलफल कार्यक्रम भएको छ । वनकरियासहित स्थानीय महिला तथा किशोरीको सहभागिता रहेको कार्यक्रममा बंगलादेशी स्वयम् सेवक एलिजा बास्के र अप्सना अनिले सहजिकरण गरेका थिए ।
साथै कार्यक्रममा कडाईको तालिम समेत दिईएको थियो । यसअघि राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले दातृ निकायको सहयोगमा वनकरिया समुदायका लागि पुस्तकालयसँगै सावुन बनाउँने तालिम समेत प्रदान गरेको थियो ।

Facebook Comments Box
SEE पछि के गर्ने ???
जोखिम देखिएपछि काठमाडौं फर्किए भूगर्भ विद अब कसरि हुन्छ गाडीको खोजि ???
प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने
‘होस्टेल ३’ ले मनायो प्रदर्शनको ५१ औँ दिन
किसान र कृषिका कुरा। सचेतक संवाद

थप समाचार

आईएससीसँग मिलेर काम गर्न सरकार तयार

३० बैशाख २०८२, मंगलवार ११:४७

मे १७ बाट पुनः सुरु हुँदै आईपीएल

३० बैशाख २०८२, मंगलवार ०८:०६

भदौ २७ मा दयाहाङ र रिश्माको ‘रिमै’ रिलिज घोषणा

२९ बैशाख २०८२, सोमबार १२:४५

राजेश हमाल कमब्याक हुने चलचित्र ‘नरसिंहाः अवतार’ को थिम पोस्टर सार्वजनिक

२५ बैशाख २०८२, बिहीबार २१:१५

‘ऊनको स्वीटर’ को अग्रिम बुकिङ आक्रामक

२५ बैशाख २०८२, बिहीबार १९:१६

जोखिम देखिएपछि काठमाडौं फर्किए भूगर्भ विद अब कसरि हुन्छ गाडीको खोजि ???

२५ बैशाख २०८२, बिहीबार १७:३८

आज विश्व रेडक्रस दिवस मनाइँदै

२५ बैशाख २०८२, बिहीबार ०९:३१

शौचालयमा लडेर प्रचण्ड घाइते

२४ बैशाख २०८२, बुधबार ०९:३८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?