By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > अर्थतन्त्र > रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?

रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?

संवाददाता
संवाददाता
२०८० जेष्ठ १८, बिहीबार ११:१७

हेटौँडा- रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले अाज अर्थात जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट पछि  सर्वसाधारणका लागि निष्कासन गरेकोे हो ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो ।
आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको २ लाख ८० हजार कित्ता शेयरमध्ये वितरण हुन नसकेको १ लाख ९२ हजार ३३० कित्तासमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
सर्वसाधारणमा कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर वितरण हुनेछ । यस मध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासन ल्याएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ३२ गतेसम्म विक्री लम्बिनेछ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ समेत छिटो अवधिभित्रै विक्रीमा रहने निश्चित छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युरअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको परिचय 
२०६६ साल साउन ३२ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा रावा इनर्जि  डेभलपमेन्टको नाममा यो कम्पनी प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएकोे थियो । १० वर्ष पछि २०७६ असार १५ गते यो कम्पनी पब्लिक लिमिटेडमा परिणत भई रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको नामबाट कारोबार सञ्चालन हुदै आएको हो ।
। कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा रहेको छ । यस कम्पनीले खोटाङ जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।
कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्दै आएको हो । उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत् उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ ।
कम्पनीको पूँजी समंरचना
अधिकृत पूँजी २८ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी २८ करोड रूपैयाँनै रहेको छ । हाल संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी १९ करोड ६० लाख रूपैयाँ मात्र छ । आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २८ करोड रूपैयाँ कायम हुनेछ । कुल चुक्तापूँजीमा संस्थापक तर्फ ७० प्रतिशत र स्थानिय बासिन्दा सहित सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीको वित्तीय अवस्था
आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ३ करोड २९ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म भने कम्पनीले सञ्चित नोक्सानी घटाएर ७२ लाख ७८  हजार रूपैयाँमा झार्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ९ रुपैया २ पैसा र प्रतिशेयर नेटवर्थ ९७ रूपैयाँ ४ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा भने रू. ८४ लाख १९ हजार नाफा कमाउने प्रक्षेपण गरेको छ ।

 कम्पनीको आईपीओले धितोपत्र दोस्रो बजारमा कति मूल्य पाउला ? 
धितोपत्र प्राथमिक बजारमा विक्री गरी कम्पनीले यो आईपीओ कारोबारका लागि भने धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराउँनेछ ।
सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओलाई पहिलो कारोबार मूल्य नेप्सेले निर्धारण गर्नेछ ।
नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ ।
यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ८३ रूपैयाँ १० पैसा देखि अधिकतम प्रतिकित्ता २४९ रूपैयाँ ३ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ । पहिलो कारोबार पछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपुर्तिका आधारमा निर्धारण हुनेछ ।

Facebook Comments Box

यो पनि पढ्नुहोस्

एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक

अमेरिकासँग व्यापार युद्ध लड्न तयार रहेको चीनको चेतावनी

जिल्ला बचत तथा ऋण सहकारीको २० औँ स्थापना दिवस मनाईने,नवनिर्मित भवनको उद्घाटन हुने

शेयर बजार आज दोहोरो अङ्कले घट्यो : ९ अर्ब ९० करोडभन्दा धेरैको कारोबार

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?