By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > राजनीति > सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड

सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड

संवाददाता
संवाददाता
२०८१ माघ १३, आईतवार १३:४४

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार चाँडै ढल्ने जिकिर गर्नुभएको छ । असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको यो सरकार आजसम्म टिके पनि अब भने लामो समय नजाने प्रष्टै देखिएको प्रचण्डको भनाइ छ ।

बीच भलिबल प्रतियोगिता उद्घाटन गर्न सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएका प्रचण्डले सरकारले अहिले दलाल र भ्रष्टहरुलाई संरक्षण गर्ने काम मात्रै गरेको आरोप लगाउँदै कांग्रेसभित्र पनि असन्तुष्टि पैदा भएको बताउनुभयो । माओवादीले सरकार ढाल्न कुनै गतिविधि नगरे पनि सरकार आफै ढल्ने प्रचण्डको जिकिर छ ।

सरकार आफैले आफ्नो आयु घटाइरहेको भन्दै प्रचण्डले माओवादीलाई सरकारमा जान कुनै हतार नभएको पनि बताउनुभयो । दुई तिहाइको दम्भ राख्ने सरकारसँग संसद् बोलाएर संसदमै प्रतिपक्षको सामना गर्ने हिम्मत नभएको प्रचण्डको टिप्पणी छ । सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको भन्दै उहाँले विपक्षी दलहरूको तर्फबाट बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको स्मरण गर्दै उहाँले नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले बीच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments Box
‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन
कांग्रेस संसदीय दलको बैठक भोलि
सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत
अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन
गुजरातमाथि लखनउको शानदार जित

थप समाचार

गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

२०८२ कार्तिक १८, मंगलवार ०९:२९

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

२०८२ भाद्र ३१, मंगलवार १०:१७

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

२०८२ भाद्र ३१, मंगलवार १०:१३

रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ सम्पन्न

२०८२ भाद्र १०, मंगलवार १९:२९

सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो

साउनमा वीरगञ्ज नाकाबाट हुने आयात, निर्यात दुवै बढ्यो

२०८२ भाद्र ८, आईतवार १२:४६

मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

२०८२ भाद्र ८, आईतवार १२:४३

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?