By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • शैक्षिक गतिविधिहरु
    • चित्रकला
    • रचना
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
Menu
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • शैक्षिक गतिविधिहरु
    • चित्रकला
    • रचना
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > समाचार > भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहको सपथ ग्रहण

भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहको सपथ ग्रहण

संवाददाता
संवाददाता
२३ पुष २०८१, मंगलवार १६:४२

भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहले नयाँ कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा समूहको अध्यक्ष सोम बहादुर लामा, उपाध्यक्ष सुरेश कुमार लामा, सचिव अन्जुकुमारी लामा, सह-सचिव इन्दिरा लामा, र कोषाध्यक्ष उमा सुनारले सपथ ग्रहण गर्नुभयो। त्यसैगरी, सदस्यहरू दुर्गा बहादुर लामा, चन्द्रदेवी बि.क., यमुना सुनार, गीता देवी यादव, सान्तकी खड्की, र धु्रव हाडाले पनि सपथ ग्रहण गर्दै आफ्नो जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फुर्बा दोर्जे लामाले सामुदायिक वनलाई उत्कृष्ट उदाहरणको रूपमा विकास गर्न सबै पदाधिकारीहरूलाई सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो।

उहाँले विगतका गल्ती र कमजोरीहरूको समीक्षा गर्दै सुधारको प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, सामुदायिक वन र उपभोक्ता समूहहरू नङ र मासुको सम्बन्ध जस्तै हुनुपर्ने उहाँको धारणा थियो। अध्यक्षको भूमिकाको महत्त्वलाई प्रस्ट्याउँदै, उहाँले राम्रो वा नराम्रो जे काम भए पनि त्यसको जिम्मेवारी अध्यक्षकै हुने भएकाले सचेत र निष्ठापूर्वक काम गर्न आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ कार्यसमितिलाई कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे। कार्यक्रमको सभापतित्व निर्वाचन समितिका संयोजक रामहरि चौलागाईंले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष फुर्बा दोर्जे लामा हुनुहुन्थ्यो। कार्यक्रमलाई डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख राकेश चन्द्र लगायतका अतिथिहरूको उपस्थितिले थप गरिमामय बनाएको थियो।

Facebook Comments Box
लगानी बढाउन कर्जा ब्याजदरमा परिवर्तन गर्दै राष्ट्र बैंक
‘जुठे’ सिरियलबाट बाहिरिए राजु मास्टर
सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस
यती एअरलाइन्सद्वारा ‘स्वाइप एन्ड टच द स्काइ’ अफर सार्वजनिक
प्रधानाध्यापक को जिम्मेवारी चुनौती कि अवसर ?????

थप समाचार

आईएससीसँग मिलेर काम गर्न सरकार तयार

३० बैशाख २०८२, मंगलवार ११:४७

मे १७ बाट पुनः सुरु हुँदै आईपीएल

३० बैशाख २०८२, मंगलवार ०८:०६

भदौ २७ मा दयाहाङ र रिश्माको ‘रिमै’ रिलिज घोषणा

२९ बैशाख २०८२, सोमबार १२:४५

राजेश हमाल कमब्याक हुने चलचित्र ‘नरसिंहाः अवतार’ को थिम पोस्टर सार्वजनिक

२५ बैशाख २०८२, बिहीबार २१:१५

‘ऊनको स्वीटर’ को अग्रिम बुकिङ आक्रामक

२५ बैशाख २०८२, बिहीबार १९:१६

जोखिम देखिएपछि काठमाडौं फर्किए भूगर्भ विद अब कसरि हुन्छ गाडीको खोजि ???

२५ बैशाख २०८२, बिहीबार १७:३८

आज विश्व रेडक्रस दिवस मनाइँदै

२५ बैशाख २०८२, बिहीबार ०९:३१

शौचालयमा लडेर प्रचण्ड घाइते

२४ बैशाख २०८२, बुधबार ०९:३८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?