By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » लायन्स डिस्ट्रीक्ट ‘एस’को सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा जेपी यादव निर्विरोध निर्वाचित-को हुन यादव ?

लायन्स डिस्ट्रीक्ट ‘एस’को सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा जेपी यादव निर्विरोध निर्वाचित-को हुन यादव ?

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ भाद्र १५, आईतवार १९:२९

हेटौंडा ÷ लायन्स ईन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ‘एस’ नेपाल रिक्त रहेको सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदको निर्वाचन आज सम्पन्न भएको छ । हेटौंडा–४ स्थित क्लब हेटौंडा पार्र्टी प्यालेसमा आयोजित निर्वाचनबाट लायन जीबछ प्रसाद यादव (जेपि) निर्विरोध निर्वाचित हुनुभएको हो।

 गत वैशाख ६ गते सम्पन्न निर्वाचनबाट दोस्रो भाइस डिस्ट्रीक्ट गभर्नरमा विजयी भएका लायन्स सुर्दशन प्रसाद अधिकारीको असामयिक निधन भएपछि उक्त पद रिक्त भएको थियो। सो रिक्तता पूर्ति गर्नको लागि आज निर्वाचन भएको हो ।

सो पदका लागि यादव र लायन्स क्लब अफ हेटौंडा भुटनदेवी बजारकी लायन्स रजनी तिवारीले मनोनयन दर्ता गरेका थिए। तर तिवारीले उम्मेदवारी फिर्ता लिएपछि यादव एकमात्र उम्मेदवार बनेका थिए। त्यसैले उनी स्वतः निर्वाचित भएका हुन् ।

निर्वाचित पछि प्रमाणपत्र तथा बधाई कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर जीबछ प्रसाद यादवले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै उहाँले भन्नुभयो,‘पद ठुलो कुरा होइन, म काम गर्न आएको हुँ’ त्यसैले तपाईको साथ सहयोग दिनुहोस् म नयाँपन गर्नेछु ।’

सन् २००९ मा लायन्स क्लब अफ हेटौंडा मकवानपुरमार्फत सामाजिक सेवाको यात्रा सुरु गरेका उहाँले ‘सेवा नै धर्म हो’ भन्ने मूल्य मान्यताका साथ व्यक्तिगत मात्र नभई सामूहिक भावनाले पनि समाज परिवर्तनमा समर्पित रहने संकल्प गर्नुभएको छ। उहाँले गर्भनरको नारालाई आत्मसाथ गर्दैैे र आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्ने उद्घोष समेत गर्नुभयो ।

———————–

कसरी पुग्यो निर्वाचन सम्म ?

सो रिक्तता पूर्ति गर्ने विषयमा पूर्व गभर्नरहरूको बैठकले एरिया–२ बाटै उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो।

एरिया–२ को आधिकारिक बैठकले भदौ १५ भित्र नाम सिफारिस गर्नुपर्ने निर्णय गरी पत्राचारसमेत गरिएको थियो। तर, आन्तरिक छलफल र बैठकहरूले सर्वसम्मत रूपमा एक मात्र उम्मेदवार सिफारिस गर्न नसकेपछि अन्ततः निर्वाचनमार्फत् निकास निकाल्ने निष्कर्ष निकालियो ।

यस क्रममा भदौ १३ गते लायन्स क्लब हेटौंडा डिभाइनका अध्यक्ष अरुणराज सुमार्गीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। तर सो समितिले गभर्नरको निर्देशन विपरीत १६ गते बिहान ७ः३० बजे मात्रै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेपछि क्लब अध्यक्षहरूबीच असन्तोष चुलियो।

समयसीमा र निष्पक्षताको सवालमा उठेको असन्तोषलाई सम्बोधन गर्न भदौ १४ गते आकस्मिक बैठक बसेर नयाँ ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। उक्त समितिको संयोजक लायन्स क्लब हेटौंडाका पूर्व अध्यक्ष तथा हालका जोन चेयर पर्सन लायन हरिवंश भेटवाल, सह–संयोजक लायन राजकुमार न्यौपाने र सदस्य लायन नमुना पाण्डेलाई बनाइएको थियो।

 निर्वाचन समितिका संयोजक हरिवंश भेटवालका अनुसार सम्पूर्ण निर्वाचन प्रक्रिया पूर्वनिर्धारित तालिका अनुसार सम्पन्न गरिएको हो। निर्वाचन तालिका अनुसारःमतदाता नामावली भदौ १५ गते बिहान ११ः०० बजे सार्वजनिक गरियो,११ः३० बजेसम्म दाबी–विरोध गर्ने समय दिइयो।अन्तिम मतदाता नामावली १२ः३५ बजे प्रकाशन गरियो। उम्मेदवार मनोनयन दर्ता दिउँसो १२ः०० देखि १ः०० बजेसम्म खुला गरिएको थियो।

सो क्रममा लायन्स जीबछ प्रसाद यादव (लायन्स क्लब अफ मकवानपुर डाइमण्ड) र लायन्स रजनी तिवारी (लायन्स क्लब अफ हेटौंडा भुटनदेवी बजार) ले मनोनयन दर्ता गर्नुभएको थियो। तर, लायन्स रजनी तिवारीले निर्वाचन समितिमा निवेदन पेश गरी आफ्नो उम्मेदवारी फिर्ता लिनु भएपछि यादव एक मात्र उम्मेदवारको रूपमा निर्वाचित हुनुभयो। यसरी, एक मात्र उम्मेदवार रहेकाले यादव स्वतः निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन समितिले पारदर्शी, निष्पक्ष र निर्धारित समयसीमाभित्र निर्वाचन सम्पन्न गरेको भन्दै सम्पूर्ण लायन्स परिवारले सन्तोष व्यक्त गरेका थिए । निर्वाचित सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर यादवलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ भने उहाँलाई विभिन्न पदाधिकारी तथा सदस्यहरूले बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन्।

 —————–

को हुन् जेपि यादव ?/लायन्स यात्रा

्य लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल लायन वर्ष २०२५÷२६ का सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन जीबछ प्रसाद यादव (जेपि)ले सन् २०१८ मा लायन्स क्लब अफ मकवानपुर हेटौँडाको मातृत्वमा सेवाको हातहरु बढाउनको लागि लायन्स क्लब अफ मकवानपुर डायमण्डको संस्थापक अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरें। त्यसपछि सन् २०२० मा एरिया सचिव, २०२१ मा रिजन चेयरपर्सन हुँदै ‘बेस्ट रिजन चेयरपर्सन अवार्ड’ प्राप्त गर्न सफल भएँ। सन् २०१९÷२० र २०२०÷२१ मा लायन्स ईन्टरनेशनल प्रेसिडेन्टको मेडलबाट सम्मानित हुने अवसर समेत प्राप्त गरेको थिएँ ।

२०२३ मा एरिया चिफको रूपमा काम गर्दै क्षेत्रीय विकास र सेवा प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएँ। २०२४ मा डिस्ट्रिक्ट को—चिफ एडभाइजर र डिस्ट्रिक्ट पीआरओ इन—चिफको रूपमा लायन्स परिवारलाई बलियो बनाउन अहम् भूमिका निर्वाह गरें। कोभिड महामारीको कठिन घडीमा, मानवताको सेवामा अग्रसर हुन पाउनु मेरो लागि अवसर मात्र थिएन, कर्तव्य थियो।

एक महिनासम्म पैदल यात्रुरुहरूको लागि निःशुल्क खाजा—पानी अभियानको संयोजक रहि काम गर्ने अवसर पाएँको थिए । अक्सिजनको चरम अभावको अवस्थामा अक्सिजन बैंक स्थापना गरी सयौं बिरामीहरूको जीवनरक्षा गर्न सकियो। त्यसको संयोजक म नै रहि कार्य गरेको थिएँ ।

त्यति मात्रै नभई लायन्सले चालेको अभियान बृहत निःशुल्क आँखा शिविर संचालन गर्दा यरिया चिफको भुमिकामा थिए र सो समयमा मकवानपुर, बारा, पर्सा र सलार्ही जिल्लाहरुको दुर्गम क्षेत्रका वासिन्दाहरु गरि २ हजार भन्दा बढि आमाबुबा, दाजुभाई दिदिबहिनीको आँखा परिक्षणमा सकृय भुमिका खेलेका थिए ।

त्यति मात्रै नभई सामाजिक संघसंस्थाको यात्राको क्रममा, नेपाल रेडक्रस शोसाइटी मकवानपुर शाखाको आजिवन सदस्य तथा बसामाडि जेसिजको पूर्व उपाध्यक्षको रूपमा जिम्मेवारी समाल्दै नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गरें।

त्यस्तै सामाजिक सेवासँगै व्यावसायिक क्षेत्रमा पनि यादव उतिकै निरन्तर सक्रिय रहेका टन् । फेमस तास हाउस, त्रिमूर्ति प्रिन्ट एन्ड प्याकेजिङ र दाजुभाई हार्डवेयरको सञ्चालकका रूपमा व्यवसायिक प्रवद्र्धन गर्दै स्वरोजगार र उद्यमशीलतालाई टेवा पुर्‍याउँदै आएका छन् । समाजमा नेतृत्व दिनु भनेको केवल सेवामात्र नभई आर्थिक रूपमा आत्मनिर्भर बन्नु पनि हो भन्ने विश्वास यादवको छ । विभिन्न क्षेत्रमा गरि एक दर्शन भन्दा बढि व्यक्तिहरुलाई रोजगार समेत दिईरहेका छन् ।

Facebook Comments Box
एन्फा महिला लिगमा पुलिसले वालिङलाई हरायो
रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ सम्पन्न
देशभर चलचित्र ‘परान’ प्रदर्शनमा
रातभरको झिलिमिलीले सकसमा गुडका चराहरु
लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

थप समाचार

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर

२०८२ फाल्गुन १४, बिहीबार १०:५९

हेटौँडा सिटी कलेजको वार्षिक खेलकुद सुरु, दौडमा अजिम प्रथम

२०८२ फाल्गुन ४, सोमबार २०:२७

शेयर बजार २ हजार ७ सय विन्दुमाथि उक्लियो, ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार

२०८२ माघ २३, शुक्रबार १०:३५

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

२०८२ माघ २३, शुक्रबार १०:१७

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !

२०८२ माघ २३, शुक्रबार १०:२२

‘सुरक्षा नै विकासको आधार हो ‘ सचेत भएर नेतृत्व छानौँ; हर्क साम्पाङ

२०८२ फाल्गुन १८, सोमबार २१:०३

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?