By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-2 > सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत

सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत

संवाददाता
संवाददाता
२०८१ पुष २९, सोमबार १७:०३

हेटौंडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारिटी ईन्टरनेसनल एकेडेमीको ३२ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । एकेडेमीले वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी, सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यले ग्रामीण क्षेत्रका बिपन्न बर्गका बालबालिकालाई होस्टेलमा राखेर निःशुल्क शिक्षा दिने काम पनि गरिएको बताए । निजी क्षेत्रबाट शैक्षिक संस्था उत्कृष्ठ रुपमा संचालन गर्न निकै चुनौतीपूर्ण रहेको भन्दै आचार्यले मकवानपुरको क बर्गको विद्यालय बनाउन सफल भएको बताए । हेटौंडा उपमहानगरपालिका–१० नम्बरका वडाअध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यतामा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए । नर्सरीदेखि कक्षा २ सम्मका करिब ५सय बालबालिकाले स्टेचमा आफ्नो प्रस्तुती दिएका थिए । कक्षा २ भन्दा माथिका विद्यार्थीमध्यबाट छनोट गरिएको तर, साना कक्षाका सबै नानीबाबुलाई मञ्चमा उतारिएको विद्यालयका सहायक प्रधानाध्यापक स्यामकृष्ण ज्ञवालीले जानकारी दिए । कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई सम्मानीत गरिएको थियो । विद्यालयको बिभिन्न गतिबिधिलाई स्थानीय तथा राष्ट्रिय मिडियामा समाचार संप्रेषण गरी उल्लेखनीय सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यलाई नगद १० हजार रुपैयाँसहित ‘सोलिड्यारिटी शैक्षिक पत्रकारिता सम्मान २०८१’ बाट सम्मानीत गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष आचार्य, प्रधानाध्यापक रीना आचार्य, प्रमुख अतिथि वडाअध्यक्ष लामालगायतले सम्मान गरेका हुन् । उत्कृष्ठ वर्षशिक्षक धीरज लामा र शीतल रिसाललाई एक ग्रेडबृद्धिसहित सम्मानीत गरिएको थियो । त्यस्तै उत्कृष्ठ विषयशिक्षक उत्तमप्रसाद उप्रेती, तृष्णा बज्राचार्य, देवकी रिमाललाई नगदसहित सम्मानीत गरिएको थियो । वर्ष उत्कृष्ठ विद्यार्थी सचिन यादव सहित अनुशासित, सफासुग्गर विद्यार्थी र तिनका अभिभावक सम्मानीत भएका थिए ।

Facebook Comments Box

यो पनि पढ्नुहोस्

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई ६ विकेटले हरायो

युक्रेनको ड्रोन आक्रमणका कारण रुसमा अनिश्चितकालका लागि विमानस्थल बन्द

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?