By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » म्यान मकवानपुरमा अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुने, यस्ता छन् प्रतिबद्धता

म्यान मकवानपुरमा अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुने, यस्ता छन् प्रतिबद्धता

सचेतक न्यूज
सचेतक न्यूज
२०८१ माघ १७, बिहीबार १८:१०

हेटौंडा | मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको आगामी माघ १९ गते हेटौंडामा १३औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशन हुँदैछ। यस अवसरमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेभएको छ। अध्यक्ष र उपाध्यक्ष पदमा प्रतिस्पर्धा रहेकाले यही दुई पदका लागि मात्र मतदान गरिने निर्वाचन आयुक्त दिनेश लामाले जानकारी दिएका छन्। अन्य पदहरूमा भने निर्विरोध चयन भइसकेको छ।

Contents
  • अध्यक्षका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा
  • निर्विरोध चयन

अध्यक्षका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा

अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने (सागर) र उपाध्यक्ष रोहिणीप्रसाद गौतम (गोपाल) प्रतिस्पर्धामा छन्। दुबै उम्मेदवार लामो समयदेखि मोबाइल व्यवसायमा संलग्न रहँदै आएका छन् भने म्यान मकवानपुरको कार्यसमितिमा विभिन्न पदमा रहेर संगठनको हितमा काम गरिसकेका छन्।

न्यौपानेले महासंघसँगको सहकार्यलाई अझ सशक्त बनाउने, कर तथा लेखासम्बन्धी तालिम सञ्चालन गर्ने, अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्ने, बजार व्यवस्थापन समिति गठन गर्ने र मोबाइल व्यवसायको मार्जिनलाई १० प्रतिशतमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मोबाइल व्यवसायीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने, ईएमआई प्रणालीमा भइरहेको विभेद अन्त्य गर्ने, संगठनको भवन निर्माणका लागि १ लाख रुपैयाँको सहयोग गर्ने र व्यवसायीहरूका लागि रोजगारी सिर्जना गर्न तालिमहरू सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन्।

उता, गौतमले आफ्नो उम्मेदवारी घोषणा गर्दै व्यवसायीहरूको हकहितको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए  ।

कर तथा लेखासम्बन्धी तालिम सञ्चालन गरेर व्यवसायलाई सहज बनाउने, सेकेण्डह्याण्ड, एक्सचेन्ज तथा मोबाइल अनलकसम्बन्धी सम्झौतापत्रलाई परिमार्जन गर्ने, अस्वस्थ प्रतिस्पर्धा हटाउने र उत्तरी तथा पश्चिमी शाखालाई अझै गतिशील बनाउने उनको प्राथमिकतामा छ। साथै, पूर्वी क्षेत्रमा शाखा विस्तार गर्ने, हितकोष स्थापना गरेर ५५ हजार ५ सय रुपैयाँबाट सुरुवात गर्ने, व्यवसायीहरूको बिमा रकम २ लाख रुपैयाँसम्म वृद्धि गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन गर्ने, र डिलर तथा रिटेलरहरूबीचको सम्बन्ध सुधार गर्ने योजना उनले अघि सारेका छन्। सम्मेलनमा गौतमले आफू विजयी भएमा आफ्ना उपविजेतालाई बोर्डको सल्लाहकारमा नियुक्त गर्ने जानकारी दिए।

अध्यक्ष पदकै झैं, उपाध्यक्ष पदमा पनि प्रतिस्पर्धा हुनेछ। यसका लागि अनिल दास बानियाँ र शिवप्रसाद बास्तोला प्रतिस्पर्धामा छन्। बास्तोला रोहिणीप्रसाद गौतमको पक्षमा देखिएका छन् भने बानियाँ हरिप्रसाद न्यौपानेको पक्षमा छन्।

निर्विरोध चयन

निर्वाचन प्रक्रिया अनुसार, वरिष्ठ उपाध्यक्षमा राजकुमार दहाल, महासचिवमा मिलन स्याङ्तान, कोषाध्यक्षमा प्रवेश चापागाई, सहकोषाध्यक्षमा पुष्पराज गौतम र सचिवमा सुमन रायमाझी निर्विरोध चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्य पदमा एदिस रिजाल, जीवनाथ अधिकारी, पप्पु कुमार केसरी, सन्तोष दाहाल, अदाम हुसेन मंसुरी, र निरोज रिमाल निर्विरोध निर्वाचित भएका छन्।

हाल म्यान मकवानपुरमा १३४ जना सदस्य रहेका छन्, जसमा हेटौंडा क्षेत्रका १ सय ३ जना, मनहरी क्षेत्र (पश्चिमी क्षेत्र) का १८ जना, र थाहा नगर (उत्तरी क्षेत्र) का १३ जना सदस्य छन्। मोबाइल व्यवसायीहरूको संख्यामा वृद्धि भइरहे पनि म्यान मकवानपुरमा सदस्यता लिएर संगठनमा आबद्ध व्यवसायीहरूले मात्र मतदान गर्न पाउने नियम रहेको अध्यक्ष नवराज चौलागाईं बताउँछन्।

म्यान मकवानपुरको निर्वाचन माघ १९ गते वार्षिक साधारणसभा तथा अधिवेशनकै अवसरमा हुनेछ। मतदानमा संगठनका सबै वैध सदस्यहरूको सहभागिता रहनेछ। अध्यक्ष पदका दुवै उम्मेदवारहरू व्यवसायीहरूको हितमा आफूले उत्कृष्ट काम गर्ने प्रतिबद्धता जनाउँदै मतदाताहरूलाई आफ्नो पक्षमा ल्याउन सक्रिय छन्। अब, नेतृत्व कसको हातमा जाने भन्ने टुंगो माघ १९ गते मतदानपछि लाग्नेछ ।

Facebook Comments Box
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
‘जनै हराएको मान्छे’ मा विजयको कोरिया जाने सपना र ठगीको कथा
नेप्से १९.२७ अङ्कले बढ्यो
पूर्वी मकवानपुरको गुणस्तरीय शैक्षिक गन्तव्य।जनता मा.वि
सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?