हेटौंडा । विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा आर्थिक अभाव, कोरिया जाने सपना र त्यसका लागि मुख्य पात्रले गर्ने संघर्ष देखाइएको छ।
मुख्य पात्र विजय बराल कोरिया जाने सपना, संघर्ष र काठमाडौँ आएपछि खानुपरेको हन्डरदेखि ठगिएको कथा ट्रेलरमा समेटिएको छ।
कोरिया जान नसकेपछि काठमाडौँमा छटपटिएर बसिरहँदा भेटिने मिरुना मगर र उनीसँगको प्रेमले ट्रेलरलाई रोचक बनाएको छ।


पारिवारिक कथामा बनेको यो फिल्म भदौ ६ गते रिलिज हुँदै छ। हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

Facebook Comments Box





