By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

सचेतक न्यूज
सचेतक न्यूज
२०८१ माघ ९, बुधबार १०:००

९ माघ, काठमाडौं त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक डा. कुन्दन अर्याल परिक्षाको नतिजा लुकाएको विवादमा मुछिएका छन् । विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय (डिन) कार्यालयले पत्रकारिता तथा आमसञ्चारको स्नाकोत्तर तेस्रो सेमेस्टरको नतिजा पुस २३ गते प्रकाशित गरेको बताउँदै आएको छ । तर, विभागले भने १५ दिनसम्म विद्यार्थीहरुलाई यसबारे जानकारी नै दिएन । अझैसम्म औपचारिक रुपमा नतिजा सार्वजनिक नगरेपनि माघ ७ गतेदेखि भने विद्यार्थीहरुलाई व्यक्तीगत रुपमा प्रशासनका कर्मचारी एकराज कँडेलमार्फत जानकारी दिन थालेको छ । सवैभन्दा बढी सरोकार रहने परिक्षाको नतिजालाई नै लामो समय लुकाएपछि विद्यार्थीहरुले नै विभागिय प्रमुख डा. अर्यालको राजीनामा मागेका छन् । विभागमा विद्यार्थी संयोजकको भूमिकामा रही विभिन्न कार्यक्रमहरु गर्दै आएका चौथो समेस्टरका विद्यार्थी बाबुराम आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत नतिजा समयमै सार्वजनिक नहुनुमा विभागिय प्रमुख डा.अर्याल दोषी रहेको भन्दै राजीनामा माग गरेका छन् । ‘ १५ दिनसम्म विद्यार्थीको रिजल्ट सार्वजनिक नगर्ने गैरकानूनी, अब्यवहारिक, परम्पराविरोधि, अनैतिक तथा अत्यन्तै गैरजिम्मेवार कार्य गरेकोमा पत्रकारिता तथा आमसंचार केन्द्रीय बिभागका विभागीय प्रमुख कुन्दन अर्यालको तत्काल राजीनामाको माग गर्दछु !’ उनले लेखेका छन्, ‘ सत्य तथ्य छानविन गरि नतिजा लुकाउन संलग्न अन्य कोही पनि दोषी भेटिएमा कडा कारबाहीका लागि डिन कार्यालय, भिसि, रेक्टर, रजिस्टार, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलगायत सरोकारवालामा ध्यानाकर्षणसमेत गर्दछु !’ स–साना भेटघाटका कार्यक्रमको तस्विरसमेत विभागको आधिकारिक वेवसाईट, फेसबुक, एक्स (ट्वीटर), टिकटकलगायतका माध्यममा राख्ने विभागले तेस्रो सेमेस्टरको नतिजा लुकाएर राख्नुलाई रहस्यका रुपमा विश्लेषण गरिएको छ । विभागिय प्रमुख डा. अर्यालले एमफिल, पीएचडी तथा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई अनुहार हेरेर, चाकरीको भरमा परिक्षाको नम्बर दिने गरेको आरोप समेत लाग्दै आएको छ । यसअघि डा. अर्यालले विश्वविद्यालयले तोके अनुसार न्यूनतम हाजिर नभएका विद्यार्थीबाट आर्थिक लाभ लिएर परिक्षा दिन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । विभागमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विभागीय प्रमुख डा. अर्यालको कार्यशैलीसंग असन्तुष्ट रहेपनि परिक्षाको नम्बरमा असर पर्ने भन्दै बोल्न डराउछन् । यस्तै उनले विभागमा कार्यरत स्थायी तथा पुराना प्राध्यापकहरुलाई पाखा लगाएर नयाँ प्राध्यापकहरुलाई स्थान दिएको आरोप समेत लागेको छ । विभागले आयोजना गरेको कार्यक्रमहरुमा पुराना प्राध्यापकहरु उपस्थिति नहुने र नयाँहरुको हालीमुहाली हुने भन्दै विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । विभागिय प्रमुख डा. अर्यालको कार्यशैलीप्रति असन्तुष्टि भएपनि विद्यार्थीहरु फेल हुने डरले बोल्न डराउने गरेका छन् । विभागिय प्रमुखको एकपछि अर्को बदमासीका घटनाहरु सार्वजनिक भएपनि डिन कार्यालय तथा अन्य नियामक निकायले चासो नदिने कारणले गर्दा पत्रकारिता तथा आम सञ्चार विभाग विवादको घेरामा त परेको छ नै पत्रकारिता तथा आम सञ्चार विभाग जस्तो त्रिभूवन विस्वविद्यालयको इज्जत र प्रतिष्ठाको रुपमा रहेको नैतिक केन्द्रको भविष्य नै संकटग्रस्त हुने देखिन्छ ।

Facebook Comments Box
सरकारलाई सर्वोच्चको आदेश : राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्नू
शेयर बजार आज पनि बढ्याे
आज कुकुर तिहार तथा नरक चतुर्दशी
इजरायलले सुरु गर्‍यो गाजा कब्जा अभियान
आज अमेरिकी डलरको भाउ घट्यो

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?