By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन

‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन

सचेतक न्यूज
सचेतक न्यूज
२०८० जेष्ठ ८, सोमबार १४:०७

काठमाडौं । पछिल्लो समय नेपाली र भारतीय निर्माताबीच फिल्म निर्माणमा संयुक्त लगानी गर्ने क्रम बढ्दो छ । ‘प्रेमगीत ३’ यसको पछिल्लो उदाहरण थियो । अब भने नेपालको डीएस डिजिटल र भारतीय वितरकबीच फिल्म ‘परस्त्री’मा सहकार्य हुँदैछ ।

यो फिल्म आगामी असार १५ गते नेपालसहित विश्वबजारमा रिलिज गर्ने तयारी छ । भारतमा हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी छ । आगामी साता निर्देशक तथा निर्माता सुरज पाण्डेले भारतीय वितरण अधिकार बिक्रीका लागि पीभीआरसँग छलफल गर्दैछन् ।

यसैबीच, ‘परस्त्री’को पार्श्व गायनमा बलिउड गायक-गायिका जोडिएका छन् । हिन्दी संगीतकर्मीहरु अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाले फिल्ममा एक–एक गीत गाएका छन् । उनीहरुले गीत रेकर्ड गरिसकेका छन् । नेपाली संस्करणमा प्रयोग भएको गीतलाई हिन्दीमा अनुदित गरेर विनित र सोनलले गीत लेखेका हुन् ।

भारतीय गायक-गायिकाको लागि आठ लाख भारु पारिश्रमिक खर्च भएको निर्देशक पाण्डेले जानकारी दिए । यही फिल्मबाट निर्देशकको रुपमा डेब्यु गरेका पाण्डेले फिल्मलाई विश्वभर एकैसाथ प्रदर्शनको तयारी भइरहेको जानकारी दिए । गत साता रिलिज भएको फिल्मको पोस्टरले चर्चा बटुलेको छ । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्रीको शीर्ष भूमिका छ ।

‘इरोटिक रोमान्स’ जनरामा निर्माण भएको यो फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ । फिल्मलाई नेपालमा १०० र भारतमा ५०० भन्दा बढी पर्दामा प्रदर्शनको तयारी भइरहेको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् । डीएस डिजिटलले फिल्म निर्माण गरेको हो ।

Facebook Comments Box
प्रेस युनियन द्वारा महासंघलाई फ्यान र सञ्चारिकालाई कुर्सी हस्तान्तरण
थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा
सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड
सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो
गगन र सिटौलाको प्रधानमन्त्री सँग भेटबार्ता जारी

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?