हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-६ मा रहेको माण्डुखोलामा निर्मित पक्की पुलको उद्घाटन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग हेटौँडा कुलेखानी काठमाडौँ रुटको पुलको आज उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले बुधबार पुलको उद्घाटन गरेका हुन् । भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यातायात पुर्वाधार निर्देशनालयले १२ करोड ३० लाख रुपैयाँ लगानीमा पुल निर्माण गरिएको हो । ५६ दशमलब ६ मीटर लम्बाईको पुल एम.एस.सागर निर्माण सेवा पिडारी गुठीले निर्माणको जिम्मा पाएको थियो । २०८० साल असार २२ गते निर्माण सम्झौता भएको पुल निर्माण सम्झौता अवधिभित्रै सम्पन्न भएको मन्त्री मास्केले बताए । मन्त्रालयबाट निर्माण भएका आयोजना हरुलाई समय भित्रै सम्पन्न गर्न मन्त्रालयले सहजीकरण गरिरहेको मन्त्री मास्केको दाबी छ । पुल उद्घाटन कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ईन्द्र शरोबर गाउँपालिकाका अध्यक्ष देबकृष्ण पुडासैनी लगायत मन्त्रालयका सचिब, महाशाखा प्रमुख लगायतको सहभागीता रहेको थियो ।
माण्डुखोलाको पक्की पुलको उद्घाटन




थप समाचार
