By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-3 > विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी

विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी

संवाददाता
संवाददाता
२०८० चैत्र २६, सोमबार १६:२१

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस – २०८० का अवसरमा प्रभात फेरी गरेको छ ।

पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्ड सहित कार्यालयबाट शुरुगरि थानाबजार दोबाटो लागाएतका बजारहरुमा  परिक्रमा ¥याली गरेको हो ।  प्राधिकरणले हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउदै आएको र विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना फैल्याउन तथा  सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउन  विद्युतिय सुरक्षा दिवस मनाईएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताउनु भयो ।

विद्युतिय सुरक्षा दिवसका अबसरमा ¥यालीलाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख न्यौपानेले विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षामा ध्यान दिई सेवा प्रदान गर्न आग्रह गर्नुभयो । प्राधिकरणको काम तथा सेवा  जोखिमपूर्ण रहेकोले सो अवस्थामा आफु सुरक्षित भएर सुरक्षित र भरपर्दो सेवामा लाग्न आम कर्मचारीहरुलाई  निर्देशन दिंदै सुरक्षा चुनौतिका रुपमा रहेका पुराना काठको पोलहरु विस्थापन गरि स्टिल पोल राख्ने अभियानमा आफुलागेकोले जीर्ण, पोल नाङ्गा तार तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना संरचनाको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाईएको पनि बताउनु भयो ।  ¥यालीमा “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” प्रलोभनमा नपरौं,विद्युतको सुरक्षित उपयोग गरौं । सुरक्षा प्रतिको चासो,दुर्घटनाबाट बच्ने साँचो । सुरक्षा सामाग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा । नगरौ है चोरीको धन्दा, परिएला कानुनको फन्दा । विद्युत दुर्घटनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं । लगाएतका चेतनामुलक प्लेकार्ड बोकीएको थियो ।

विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने लगाएतका कार्यहरु निरन्तर भइरहेको र सुरक्षा  दिवसले त्यसमा लाजगी ल्याउने पनि प्रमुख न्यौपानेले बताउनु भयो ।

Facebook Comments Box

यो पनि पढ्नुहोस्

आज अमेरिकी डलरको भाउ घट्यो

विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक

रेशुको गरिन आफ्नै शब्द ,स्वर र अभिनयमा ‘कसम’ सार्वजनिक

डिजेल र मट्टितेलको मूल्य घट्यो

ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?