By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ पुष २६, शनिबार १८:२९

हेटौंडा / हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले ५० वर्षे शैक्षिक यात्राको उपलब्धि स्मरण गर्दै स्वर्ण जयन्ती उत्सव मनाउने भएको छ। विद्यालयले पौष २६ गतेदेखि माघ ९ गतेसम्म विविध कार्यक्रमसहित महोत्सव आयोजना गर्ने जनाएको छ।

वि.सं. २०२२ मा स्थापना भएको विद्यालयले अर्धशताब्दी लामो इतिहासलाई सम्मान गर्न शैक्षिक, साहित्यिक, खेलकुद तथा सामाजिक गतिविधिहरूलाई केन्द्रमा राखेर कार्यक्रम तय गरेको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र लामिछाने र प्रधानाध्यापक किशोर पराजुलीले संयुक्त रूपमा जारी गरेको जानकारीअनुसार महोत्सवको औपचारिक उद्घाटन माघ ६ गते हुनेछ। स्वर्ण जयन्तीका अवसरमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण, संस्थापक प्रधानाध्यापक स्व. राधादेवी शाहज्यूको प्रतिमा स्थापना, स्मारिका प्रकाशन तथा विद्यालय गान सार्वजनिक गरिनेछ। साथै शिक्षक सम्मेलन, साहित्य सम्मेलन, शैक्षिक प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रमहरू पनि महोत्सवका प्रमुख आकर्षण रहनेछन्।

कार्यक्रम तालिकाअनुसार पौष २६ र २७ गते जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता आयोजना हुनेछ भने माघ २ गते छात्रा भलिबल प्रतियोगिता हुनेछ। माघ ३ गते शिक्षक सम्मेलन र माघ ४ गते विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ। माघ ५ गते विद्यार्थी साइकल यात्रा, मानवसेवा आश्रमलाई सहयोग तथा सरसफाइ कार्यक्रम राखिएको छ। माघ ६ गते उद्घाटन समारोहसँगै स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, विद्यालय गान सार्वजनिक, शैक्षिक प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न हुनेछ। महोत्सवको अन्तिम चरणमा माघ ७ गते साहित्य सम्मेलन, माघ ८ गते अभिभावक–विद्यार्थी खेलकुद तथा पुरस्कार वितरण, र माघ ९ गते सरस्वती पूजा, प्रतिमा अनावरण तथा समापन समारोह आयोजना गरिने विद्यालयले जनाएको छ।

Facebook Comments Box
रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ सम्पन्न
डिजेल र मट्टितेलको मूल्य घट्यो
मकवानपुरमा ट्रेड युनियन महासंघले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो
गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय
कांग्रेस संसदीय दलको बैठक भोलि

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?