हेटौडा। हेटौडा १० राप्तिरोडमा अत्याधुनिक प्रबिधि सहितको हेटौडा नेपाल ल्याब हाउस संचालनमा आएको छ । ल्याबको उत्घाटन प्रमुख अतिथि मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाटले गर्नुभएको हो ।
हेटौडाकै पहिलो बि ग्रेडको अनुमति प्राप्त यो ल्याबमा बि ग्रेडको ल्याबमा हुने सम्पूर्ण प्रकारका कल्चरहरु अत्याधुनिक मेसिन बाट गरिने र हिस्टो प्याथोलोजी सेवा सेटअप भइरहेको र हिस्टो प्याथोलोजी सेवा सेटअप पश्चात क्यान्सरको जाँचका लागि बिरामीले जिल्ला बाहिर धाउन पर्ने समस्याको अन्त्य हुने म्यानेजिंग डाइरेक्टर सोबिता बानियाँले बताउनुभयो । हेटौडा बागमती प्रदेशको राजधानी रहेतापनि स्वास्थ्य र शिक्षाको क्षेत्रमा पहिले देखिनै अलि पिछडिएको अवस्थामा रहेकोमा अहिले केहि हदसम्म व्यवस्थित ढंगबाट अगाडी बढ्न प्रयत्न भइरहेको र ल्याबको रिपोर्टकै आधारमा रोग पत्ता लगाई उपचार हुने हुँदा अत्याधुनिक मेसिन सहितको सुबिधा सम्पन्न ल्याब हेटौडामा संचालनमा आउनु सम्पूर्ण हेटौडा बासीका लागि खुसीको कुरा रहेको प्रमुख अथिति प्रमोद सिं रानाभाटले बताउनुभयो ।

ल्याब संगै संचालन हुने मल्टी स्पेश्यालिटि किल्निकमा दैनिक विशिष्ट विशेषज्ञ डाक्टरहरुबाट ओपिडी सेवा, भिडियो एक्स-रे,ECG, एक्स-रे,Echocardiogram र फार्मेसी सेवाहरु रहेका छन। शुभारम्भको अबसरमा दुइ हप्ताका लागि ब्लड सुगर टेस्ट फ्री, जनरल हेल्थ चेकअप प्याकेज रु ३००० मा र बाँकी सेवाहरुमा ३० प्रतिशत सम्म छुट रहेको हेटौडा नेपाल ल्याब हाउस एण्ड मल्टी स्पेश्यालिटि किल्निकका संचालक बेल प्रसाद खतिवडाले बताउनुभयो ।