हेटौंडा/हाम्रो गाउँ सहरमा चराचुरुंगीको संरक्षणमा कत्तिको ध्यान पुगेको छ ? वास्तवमा पंक्षि संरक्षणमा आमचासो खासै देखिदैन हामीकहाँ । छिमेकी मुलुक भारतको एउटा गाउँमा चरा र उसको गुडमा रहेका अण्डा जोगाउनका लागि ३५ दिनसम्म सडकका बत्ती बालिएन । तमिलनाडुको शिवगंगा जिल्लास्थित पोथाकुडी गाउँका मानिसहरुले चरा र बचेराहरुकै कारण ३५ दिनसम्म गाउँको सडकमा रहेका पोलका बत्तीहरु बालेनन् र रातको समयमा बाटोघाटो अन्धकार बनाए । गाउँका सडकबत्तीहरु बाल्ने स्विच रहेको स्विचबोर्डमा चराले गुड बनायो र त्यसमा अण्डा पार्यो । एकदिन जब गाउँका एक व्यक्ति बेलुकाको समयमा सडक बत्तीको स्विच अन गर्न त्यहाँ पुगे, तब उनले स्विचबोर्डमाथि चराले गुड बनाएर अण्डा पारेको देखे । बत्ती बाल्नका लागि स्विचबोर्ड खोलेर स्विच अन गर्दा गुड भत्किएर अण्डा फुट्ने जोखिम थियो । उक्त स्विचबाट गाउँका सडककिनारका पोलमा रहेका ३५ वटा सडक बत्ती बल्दथे । तर, जब स्विचबोर्डमाथि चराले गुड लगाएर अण्डा पारेको देखेपछि बत्ती बाल्न पुगेका ती मानिस बिलखबन्दमा परे । हरेक साँझ स्विच अन गर्ने र विहान स्विच अफ गर्ने ड्युटी रहेका करुप्पुराजा नामक ती व्यक्तिले स्विचबोर्डमाथि चराले लगाएको गुड र त्यसमा पारेका अण्डाको फोटो खिचेर तत्काल गाउँका सबै घरधुरीका मूलीहरुलाई ह्वाट्सएप ग्रुपमा शेयर गरे । त्यसपछि गाउँको पञ्चायत बस्यो । पञ्चायतले चराको गुड बचाउने निणर्य गर्दै चराले अण्डा कोरलेर बचेरा नउडाएसम्म गाउँका सडक बत्ती नबालिने फैसला गर्यो । चराले उक्त गुडका बच्चा कोरलेर उडाउनका लागि पूरै ३५ दिन लाग्यो । जसका कारण पोथाकुडी गाउँमा ३५ दिनसम्म सडक बत्ती बलेनन् । अर्थात्, सडक अन्धकार भयो । चराले बचेरा उडाएपछि मात्र स्विचबोर्ड खोलेर स्विच अन गरियो र सडक बत्ती बाल्न थालिएको थियो । उज्यालो हेटौंडा अभियान’ अन्तर्गत् मुख्य बजारका सडकमा रंगीबिरंगी बत्ती जडान गरिएसंगै हेटौंडाको मुख्य बजार क्षेत्रका सडक रातमा झिलिमिली बनेको छ । मुख्य सडकका खम्बामा सेतो, नीलो र रातो रङको बत्ती एकसाथ बल्न थालेसंगै बजारको सुन्दरता बढाएको हो । स्थानीय भन्छन्-रातिको समयमा रंगीबिरंगी बत्तीको उज्यालोमा हिड्दा विकसित सहरमा पुगेको अनुभव भयो । मुख्य बजार क्षेत्रको बत्तीले सर्वसाधारणलाई हि“डडुल गर्न सहजमात्र नभइ, पसल पनि राति अबेरसम्म खुल्न थालेका छन् । सडकमा बल्ने झिलिमिली बत्तीले हेटौंडा बजारको स्वरुप फेरिएको छ । आर्थिक चहलपहल बढी हुने उपमहानगर क्षेत्रका चोकमा लाइट जडान भएका छन् । उज्यालो अभियानअन्तर्गत् उपमहानगरपालिकाका सबै वडामा बत्ती जडान गर्ने योजना छ । तर, ती झिलिमिली नै चराका लागि शत्रु बनेका छन् । किनकि, रातभरको उज्यालोका कारण चराहरु बजार छाडेर अन्यत्र जान बाध्य छन् । धेरै उज्यालोमा चराहरुको प्रजनन् र उनीहरुले अण्डाबाट बच्चा कोरल्न नसक्ने विज्ञहरु बताउंछन् । चरा संरक्षणका लागि राजनितिक दलहरुको घोषणापत्रमा विशेष जलचरसम्बन्धि ध्यान हुनु जरुरी रहेको वनविज्ञान अध्ययन संस्थान हेटौंडाका उपप्रध्यापक तथा वनविज्ञान विभागीय प्रमुख शैलेन्द्रकुमार यादबले बताए । हाल नेपालमा ८ सय ९० प्रजातिका चरा रहेकोमा २ सय भन्दा बढी चराहरु बाहिरी ठाउँबाट आउने गरेको उनले जानकारी दिए । चरालाई रात्रिकालिन बत्तीले प्रत्यक्ष असर पुर्याउने गरेको भए पनि सरकारले यसप्रति खासै चासो नपुर्याएको उनले बताए । बजारवरपर चराहरुले गुड बनाएर बसे पनि उक्त रुखहरु बजार सजावटका रुपमा काटिने हुनाले चरालाई बासस्थान समस्या हुने गरेको उनले बताए । प्रत्यक वर्ष चराहरु जाडो छल्नका निम्ति आउने जाने क्रम चलिरहने उनले बताए । हरेक वर्ष मकवानपुरको पिप्लेको माछा प्लान, राप्ती खोलालगायत तालतलैयामा नयाँ प्रजातिका चराहरु आउँछन्, वन विभागीय प्रमुख यादबले भने-हाल तालतलैयामा फोहोरको मात्रा बढी भइ माछा, लेऊको कमी हुँदा चराचुरुंगी ठाउँ छाडेर अन्यन्त्र जाने अवस्था बढिरहेकोमा उनले गुनासो पोखे । तलैयाहरुमा माछाको कमी भइसकेपछि चराचुरुंगीलाई आहार कमी भएपछि चराहरु लोप हुँदैगइरहेको छ,’ उनले भने । वसन्त ऋतुमा चराको गीतले पार्कहरुमा रौनक हुन्छ । उनीहरुको फुरफुर नाच हेर्नलायक हुन्छ । मान्छेलाई चराको चर्तिकला हेर्न त रमाइलो हुन्छ । चरा भने यही बेला धेरै व्यस्त हुन्छन् । सबभन्दा बढी व्यस्त भालेहरु हुन्छन् । किनभने, घर बसाउने बेला त्यही हो । आफ्नो वंश विस्तार गर्ने चटारोमा उनीहरु दिनरात एक गरिरहेका हुन्छन् । यसका लागि पोथीलाई फकाउनुपर्छ । पोथीको ध्यान अरुतिर नभड्कियोस् भनेर भालेले राम्रो राम्रो गुड बनाउछ । पोथी, भालेमध्ये छानेर सबभन्दा राम्रोलाई रोज्छे । उसले भालेका एकएक कुरालाई जाँचबुझ गर्छे । चराको दुनियाँमा भालेलाई पोथीको ध्यान आफूतिर तान्न निकै सकस परेको हुन्छ । पहिलो त उसले राम्रो गुड बनाएर रिझाउनु पर्छ । अनि राम्रो गीत गाएर वा नाचेर मोहनी लगाउन सक्नुपर्छ । त्यसैले त जाडो महिनामा न्यानो खोज्दै दक्षिणतिर गएका भाले चरा पनि गर्मी चढ्दै गएपछि पोथी र चल्लाभन्दा छिट्टै उत्तरतिर फर्किन्छन् । उत्तर आइपुगेपछि उनीहरुले आफ्नो प्रजनन् क्षेत्र बनाउनुपर्छ । गुड बनाउन मान्छेलाई घर बनाउनजस्तै गाह्रो हुन्छ । राम्रो ठाउँ खोज्नुपर्यो। वरपर सजिलै खाने कुराको स्रोत हुनुपर्यो । शिकारी चरा वा वन्यजन्तुले आक्रमण गर्न नसक्ने सुरक्षित ठाउँ चाहियो । थरिथरिका चरा, थरिथरिका गुड । उनीहरु आफ्नो गुडका इन्जिनियर आफैं हुन् । गुड बनाउने कलामा पारंगत भएपछि मात्र वंश विस्तार हुन्छ भन्ने कुरा उनीहरुलाई हुर्किंदै जाँदा थाहा हुन्छ । सबै चराले राम्रा गुड भने बनाउदैनन् । परेवाले जहाँ पायो त्यहीं गुड बनाएको त हामी सबैले देखेकै छौं । अरु कतिपय जंगली चरा पनि त्यस्तै अल्छी हुन्छन् । फिस्टाले पात सिएर आफ्नो गुड बनाउछ । यस चराको गुड एकदमै मज्जाले सिएर बुनिएको हुन्छ । यो गुड बनाउन सबभन्दा पहिले त उसले आफू अट्नसक्ने पात छान्छ । पात सुकेको हुनु हुदैन । सिउनुपर्ने भएकाले बलियो र हरियो पात हुनुपर्छ । चाहिएजस्तो पात भेटेपछि उक्त चराले आफ्नो चुच्चोले पातमा ससाना प्वाल बनाउछ ।
रातभरको झिलिमिलीले सकसमा गुडका चराहरु

Facebook Comments Box
यो पनि पढ्नुहोस्



थप समाचार
