By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > समाचार > जिल्ला बचत तथा ऋण सहकारीको २० औँ स्थापना दिवस मनाईने,नवनिर्मित भवनको उद्घाटन हुने

जिल्ला बचत तथा ऋण सहकारीको २० औँ स्थापना दिवस मनाईने,नवनिर्मित भवनको उद्घाटन हुने

संवाददाता
संवाददाता
२०८१ पुष ७, आईतवार १९:१३

हेटौंडा । हेटौंडामा सहकारीद्धारा उत्पादित वस्तु तथा प्रशोधित वस्तुहरुको पुस १६ गतेदेखि १८ गते सम्म प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको २० औँ स्थापना दिवसको अवसरमा संघले प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको आइतबार पत्रकार सम्मेलन गर्दै संघले जानकारी दिएको छ। । संघको अध्यक्ष कल्पना श्रेष्ठले सहकारीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्नका निम्ति प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिइन् । प्रदर्शनी मेला संघको नवनिर्मित भवनमा नै हुनेछ । तीन दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान रहेको श्रेष्ठले बताईन् । बचत तथा ऋण मात्र नभई कृषि सहकारीका साथै बहुउद्देश्यीय सहकारीहरुले समेत उत्पादन गरेका हस्तकला सामाग्री, खाद्य सामाग्री, मसला सामाग्री, डेरि परिकारहरुलाई मेलाका स्टलमा राखिने उनले बताईन् । मेला प्रदर्शनीमा करिब पाँच लाख खर्च हुने अनुमान गरेको बताउदै ४० वटा स्टल रहने र स्टलका लागि दर्ता शुल्क एक हजार एक सय रहेको श्रेष्ठले बताइन् । प्रदर्शनीमा केराको मम, फापरको थुलौरा, सेल तरकारी लगायतको समेत स्टल रहने जानकारी दिइएको छ । स्टल राख्नेमध्येबाट उत्कृष्ट चार स्टललाई पुरस्कारको समेत व्यवस्था रहेको छ । प्रदर्शनी मेलामा १६ गते सहकारी हाजिरीजवाफ प्रतियोगिता, १७ गते सहकारी निबन्ध प्रतियोगिता र सहकारीका सचिवबीच सहकारी वक्तृत्वकला प्रतियोगिता रहने संघका व्यवस्थापक सुमित्राकुमारी वाईवाले बताईन् । निबन्ध प्रतियोगिता कलेज स्तरीय रहने र एकका लागि सबै, सबैका लागि एक विषयवस्तु रहेको उनले बताईन् । वक्तृत्वकलामा भने सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने विषय रहेको जानकारी दिईन् । प्रतियोगितामा उत्कृष्ट चार जनालाई नगद सहित पुरस्कृत गरिने संघले जनाएको छ । १८ गते संघको नवनिर्मित भवनको उद्घाटन समेत गरिने जनाइएको छ । ३४ धुर क्षेत्रफलमा २९ सय स्क्वायर फिटमा निर्माण भएको भवनमा करिब साढे ३ करोड खर्च हुने अनुमान रहेको व्यवस्थापक वाईवाले बताईन् । प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाख भन्दा माथि र संघको जगेडाकोषको सहिको रकमबाट भवन निर्माण गरिएको उनले बताईन् । नवनिर्मित भवनको बागमती प्रदेश सरकारका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्य तालिका रहेको संघले बताएको छ ।

Facebook Comments Box

यो पनि पढ्नुहोस्

इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै

चिनियाँ नेता सियाओ जी काठमाण्डौमा

लखन बाटिकाको भित्रिपथ बाटोको शिलान्यास

ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?