हेटौंडा । मकवानपुरबाट खैरो हेरोईन सहित १ जना युवकलाइ प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका–३ का ३० वर्षीय भेण्डम भन्ने साजन लामा थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । साजन लामा थिङले नाबालकलाई लागुऔषध बोकाएका थिए।
असार ११ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट २५ ग्राम ८०० मिलिग्राम खैरो हेरोईन सहित सोहि १ जना नाबालकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानको गर्ने क्रममा उक्त लागूऔषध भेण्डमको हो भनी नाबालकको बयानबाट खुल्न आएपछि भेण्डमको खोजी कार्य तीव्र बनाएको थियो । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट भेण्डमलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले बताएका हुन । मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुरमा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।







