By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-3 > नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा

संवाददाता
संवाददाता
२०८० जेष्ठ ७, आईतवार १७:५७

३ जेठ, काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै  नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ ।

रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।

‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्तिमार्फत भनेका छन् ।

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्नुपर्ने बताएको छ । वरिष्ठ उपाध्यक्ष पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं ।’

हेर्नुहोस् नाउपाको विज्ञप्ति

Facebook Comments Box

यो पनि पढ्नुहोस्

‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन

माछामासु पसल अनुगमन सरसफाईमा ध्यान दिन र मागुर माछा बिक्रि नगर्न निर्देशन !!!!!

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई ६ विकेटले हरायो

टेस्लाको नाफा घटेपछि मस्कले ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने

विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?