By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मतदाता नामावली दर्ताका लागि पाँच दिन थप

मतदाता नामावली दर्ताका लागि पाँच दिन थप

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ कार्तिक २९, शनिबार १८:०२

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनेको चाप बढेपछि पाँच दिन समय थप गरेको छ । आयोगले हिजो शुक्रवार निकालेको विज्ञप्तिमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो आयोगलाई समय थप्न आग्रह गर्नुभएको थियो । यसअघि आयोगले भोलि कात्तिक ३० सम्मको समय तोकेको थियो । पछिल्लो विवरण अनुसार दुई लाख ५७ हजार पाँच सयभन्दा धेरै नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

आयोगले थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत् आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा पनि जानकारी गराएको छ ।

आज शनिवार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले अनलाइनमार्फत् आवेदन गर्न सक्ने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले आज शनिवार आवेदन गर्न नसक्ने आयोगले जनाएको छ । आयोगले पहिले नै आवेदन पेश गरिसकेका नागरिकलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य आज सञ्चालन रहने व्यहोरा पनि जानकारी गराएको छ ।

साथै आयोगले आज शनिवार मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ्कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन गर्न सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अस्तिदेखि अनलाइनबाट नाम दर्ता गराउनेको पनि चाप उच्च छ ।

Facebook Comments Box
इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै
कांग्रेसको दबाबसामु टिकेन सरकारको अडान, कार्यसूचीबाट हट्यो भूमि विधेयक
विश्व बैंकले दिँदै आएको ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि
शेयर बजार साढे १० अङ्कले घट्याे
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?