राष्ट्रिय आविष्कार केन्द्रले संचालन गरिरहेको विरगन्जको कृषि औजार कारखानाका लागि भन्दै धरानमा एक महिलाले सुनको गहना सहयोग गरेको माहाबिर पुनले एक पोस्ट गर्दै बताएका छन।
पुन लेख्छन “आज भेडेटार बाट धरान झरेर बजार भन्दा अलि बाहिर एउटा टोलमा किताब बेच्दै जाँदा एक जना बहिनी दौडदैं आएर तल फोटोमा देखाएको सुनको गहना दिईन। मैले लिन मानिन । तर उनले बीरगञ्जको कृषि औजार कारखानालाई सहयोग हो दाजु र यो मेरो आफ्नै गहना हो भने पछि नलिइ भएन। मैले उनको घर हेरें । टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो। उनले फोटो खिच्न मानिनन् र नाम उल्लेख नगर्ने भनिन। उनको उमेर ३५ वर्ष जति थियो। उनको थर राई रहेछ। धरान बजारमा आएर सुन पसलमा गएर जोख्न लगाएँ । त्यो गहना ६ आनाको रहेछ र मुल्य करिब ६२ हजार रुपैयाँ पर्ने रहेछ। ति बहिनीले बीरगञ्ज कृषि औजार कारखानाको धेरै भिडियोहरु युट्युबमा हेरे की रहिछन” ।
