By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » चीनद्वारा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण

चीनद्वारा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ माघ २७, मंगलवार ११:३२

चीनले अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्त्वपूर्ण फड्को मार्दै अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेट प्रयोग गरी शनिबार प्रक्षेपण गरिएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, प्रक्षेपण निर्धारित योजना अनुसार सफलतापूर्वक सम्पन्न भएको हो । अन्तरिक्ष यानले कक्षामा रहेर अन्तरिक्ष यानसम्बन्धी विभिन्न महत्त्वपूर्ण प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नेछ । यसमा उडान नियन्त्रण प्रणाली, कक्षीय सञ्चालन, पृथ्वीको वायुमण्डलमा पुन:प्रवेश गर्ने प्रविधि तथा सुरक्षित अवतरण प्रणालीको परीक्षण समावेश छ ।

चिनियाँ अधिकारीहरूले यस मिशनबाट प्राप्त हुने प्राविधिक तथ्यांक र अनुभव भविष्यका अन्तरिक्ष यानहरूको डिजाइन र विकासमा प्रयोग गरिने बताएका छन् । यसले अन्तरिक्ष अभियानको लागत घटाउन र दीर्घकालीन अन्तरिक्ष अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चीनले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगलाई प्राथमिकतामा राख्दै यस्तो प्रविधिको विकास गरिरहेको जनाएको छ । यस मिशनमार्फत वैज्ञानिक अनुसन्धान, उपग्रह प्रक्षेपण तथा अन्य अन्तरिक्ष गतिविधिहरूलाई दिगो र किफायती बनाउने लक्ष्य लिइएको छ ।

लङ मार्च–२एफ रकेट चीनको भरपर्दो वहन रकेटमध्ये एक हो, जसलाई यसअघि पनि मानवयुक्त अन्तरिक्ष उडान तथा अन्य महत्त्वपूर्ण मिसनहरूमा सफलतापूर्वक प्रयोग गरिएको छ । पछिल्लो प्रक्षेपणले चीनको अन्तरिक्ष प्रक्षेपण क्षमता र प्रविधिगत दक्षतालाई थप पुष्टि गरेको छ ।

Facebook Comments Box
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
आज अमेरिकी डलरको भाउ घट्यो
स्वदेशी वस्तुको अनिवार्य प्रयोग गर्न उद्योग वाणिज्य महासंघको आग्रह
भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहको सपथ ग्रहण
सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड

थप समाचार

आज सुनको भाउ तोलामा ५ हजार ८०० रुपैयाँले बढ्यो

२०८३ जेष्ठ ६, बुधबार १८:२३

ओपेक प्लसद्वारा तेल उत्पादन बढाउने निर्णय

२०८३ जेष्ठ ६, बुधबार १७:४६

निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु

२०८३ जेष्ठ ६, बुधबार १७:४८

शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घट्याे

२०८३ जेष्ठ ६, बुधबार १८:२५

अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरू भएको दुई महिना पूरा

२०८३ जेष्ठ ६, बुधबार १७:५९

अमेरिका–इरान दोस्रो चरणको वार्ता अनिश्चित

२०८३ जेष्ठ ६, बुधबार १८:०१

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ जेष्ठ ६, बुधबार १७:५५

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

२०८३ जेष्ठ ६, बुधबार १८:२८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?