साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ अंकले बढेको छ ।
यससँगै सूचक २६७१.६२ विन्दुमा आएको छ । मंगलबार २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ४ सय ३ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २७ वटा कारोबार भएको हो । ९ कम्पनीको मूल्य बढ्दा १३ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Facebook Comments Box