By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ कार्तिक १७, सोमबार ०९:२९

गैरसरकारी संस्था महासंघ नेपालले देशको परिवर्तित राजनीतिक परिवेशमा गैरसरकारी संस्था(एनजीओ) र नागरिक समाजहरुमाथि नियोजित रुपमा हल्ला, भ्रम र आरोपहरु फैलाईदै गएको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ ।
नेपाली नागरिक समाज माथिको नियोजित अविश्वास र लाञ्छना लोकतन्त्र, संविधान र मानव अधिकार माथिको आक्रमण भएको भन्दै महासंघले नागरिक समाजले खेलेको ऐतिहासिक भुमिकाको अवमूल्यन अस्वीकार्य भएको महासंघको ठहर छ ।
महासंघका अध्यक्ष अर्जुन भट्टराई र महासचिव देवी खड्काद्वारा आज जारी अपिलमा गैरसरकारी संस्थाहरु राज्यका विपक्षी नभई राज्यका नीति कार्यान्वयनमा सहयोगी साझेदार भएको भन्दै विषम परिस्थितीमा सत्यतथ्यमा रहेर धारणा बनाउन आग्रह गरेको छ । ‘नागरिक समाजमाथि अविश्वास र निराधार आरोप लोकतन्त्रका मुल्य, सिद्धान्त र मर्ममाथिको प्रहार हो,’ अपिलमा भनिएको छ, ‘राज्य, राजनीतिक दल, नागरिक समाज सबैले आफ्ना कमजोरी आत्मसमिक्षा गर्दै उत्तरदायित्वमुलक साझेदारीमा अघि बढ्नुपर्ने आवश्यक्ताप्रति सबै जिम्मेवार बन्न अपिल गर्छौै ।’
अभिव्यक्ति र संगठन स्वतन्त्रता, नागरिक सहभागिता र उत्तरदायित्व माथि नियन्त्रणको नाममा दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखी नै देखिएको भन्दै विज्ञप्तीमा तर पछिल्ला दिनहरुमा जेन्जी आन्दोलन पछि केही राजनीतिक वृत्त, संचारमाध्यमका अभिव्यक्ति र व्यक्तिगत टिप्पणीहरुबाट नागरिक समाज र संस्थाहरुको भूमिका माथि गरिएको टिप्पणीले नेपालमा नागरिक आन्दोलनले पु¥याएको योगदानको अवमूल्यन भएको महसुस गरिएको छ ।
त्यस्ता प्रवृत्तिहरुले संविधानले प्रत्याभूत गरेका राजनीतिक तथा नागरिक अधिकारहरु कमजोर पार्ने, अविश्वास र संस्थागत संकट निम्त्याउने गम्भीर खतरा रहेको गैरसरकारी संस्था महासंघले औंल्याएको जनाईएको छ । ‘गैरसरकारी संस्थाहरु संविधान, कानून र नीति विधि अनुसार दर्ता छन्, नागरिक संस्थाहरुले सरकारका नीतिलाई व्यवहारमा उतार्ने, सेवा पहुँच नपुगेका नागरिकसम्म पु¥याउने र पछाडी पारिएका समुदाय तथा क्षेत्रका अधिकार सुनिश्चित गर्दै आएका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘गैरसरकारी संस्थाहरु लोकतन्त्र, संविधान, बहुलवाद, मानव अधिकार र सुशासनप्रति प्रतिवद्ध छन् । साथै, महासंघ, सदस्य संस्थाहरु र साझेदार विकास निकायहरू सधैं लोकतान्त्रिक मूल्य, संवैधानिक अभ्यास, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, शान्ति र स्थायित्वका पक्षमा दृढ छन् ।’
नागरिक समाज प्रत्यक्ष सत्ता राजनीति र दलगत प्रतिस्पर्धामा संलग्न नरहेको भन्दै महासंघले नागरिक समाजले सुशासन, जवाफदेहिता, पारदर्शिता र सेवा प्रवाहका बिषयमा आवाज उठाउने कार्य गर्ने तर कुनै पनि दलको मुख्य राजनीतिक जिम्मेवारी वा पदमा रहने अभ्यास नगर्ने उल्लेख छ । जेन्जी आन्दोलनका युवाहरुलाई उठाएका मागहरु न्यायोचित रहेको भन्दै महासंघले मुलुकको भ्रष्टाचारमुक्त, उत्तरदायी बनाउन र सेवा प्रवाह प्रभावकारी बनाउन विद्युतीय शासन प्रणाली र चुस्त अनुगमन प्रणाली तत्काल लागू गर्न सरकारलाई आह्वान गरेको छ । जेन्जी आन्दोलनका क्रममा भएका हिसात्मक घटना र सम्पत्ति क्षतिका घटनाहरुको घोर भर्सना गर्दै महासंघले निष्पक्ष छानविन गर्न कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ ।

 

CamScanner 03-11-2025 17.46
CamScanner 03-11-2025 17.37
Facebook Comments Box
आधुनिक राष्ट्रिय माविमा +२ साइन्स सञ्चालन हुने
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग
आईपीएल क्रिकेटमा बेंगलुरुले गुजरातलाई हरायो
अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा

थप समाचार

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर

२०८२ फाल्गुन १४, बिहीबार १०:५९

हेटौँडा सिटी कलेजको वार्षिक खेलकुद सुरु, दौडमा अजिम प्रथम

२०८२ फाल्गुन ४, सोमबार २०:२७

शेयर बजार २ हजार ७ सय विन्दुमाथि उक्लियो, ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार

२०८२ माघ २३, शुक्रबार १०:३५

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

२०८२ माघ २३, शुक्रबार १०:१७

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !

२०८२ माघ २३, शुक्रबार १०:२२

‘सुरक्षा नै विकासको आधार हो ‘ सचेत भएर नेतृत्व छानौँ; हर्क साम्पाङ

२०८२ फाल्गुन १८, सोमबार २१:०३

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?