हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन चैत १६ गते शनिबार मकवानपुरको दर्शन पाटीप्यालेसमा सम्पन्न भएको हो ।
जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका उत्तम गोम्जा सर्वसहमत रूपमा चयन भएका छन् । जिल्ला अध्यक्षको लागि तीनजनाको उम्मेदवारी दाबेदार भएतापनि पछि छलफलद्वारा नै गोम्जालाई अध्यक्षमा चुनिएको थियो ।
जसपा नेपाल मकवानपुर जिल्ला अधिवेशनबाट उत्तम गोम्जाको अध्यक्षतामा ४१ जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा गिता कार्की, माइकल प्रजा,सचिवमा मिन बहादुर लामा रहेका छन् ।
जिल्ला कमिटीमा प्रवेश भएका सबै पार्टी कार्यकर्ताहरूलाई माटोको टिका लगाएर एउटा पार्टीको नीति र विधि विधानअनुसार गर्नुपर्ने दायित्वलाई बोध गराउँदै प्रतिबद्धता सहित नयाँ सबै सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।
मकवानपुर जिल्ला अध्यक्षको रूपमा निर्विरोध चयन भएका गोम्जाले अब आउने दिनहरूमा पार्टीले गर्नुपर्ने दायित्व भूमिका सबै आफ्नो काँधमा परेको हुनाले यसलाई एउटा राम्रो दिशामा डोर्याउने प्रतिबद्धता पनि राख्दै जिल्ला कमिटीमा आउने सबै सदस्यहरूलाई शुभकामना दिएका थिए ।
जिल्लामा भएका सबै विभिन्न पार्टीहरूलाई समन्वय गरेर एउटा निकटता बनाई प्रत्येक गाउँँगाउँमा जसपा नेपाल मकवानपुरको एउटा छवि राम्रो बनाउने पहिलो प्रयास हुने कुरामा आफ्नो भनाई अध्यक्ष गोम्जाले राखेका थिए ।
Facebook Comments Box