शेयर बजार लगातार तेस्रो दिन पनि घटेर २७ सय विन्दु मुनि आएको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ७ दशमलव ६६ अङ्कले घटेर २ हजार ६९७ दशमलव ०४ विन्दुमा झरेको छ । शेयर बजार एक महिनापछि २ हजार ७ सय विन्दुमुनि झरेको हो ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३२ करोड ११ लाखको शेयर किनबेच भयो ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
Facebook Comments Box