हेटौडा । हेटौडा १२ क्ल्यानटारमा रहेको ज्वालामुखी शक्तेश्वर शिवालय मन्दिरमा श्रीमद् भागवत सप्ताह महापुराण हुने भएको छ ।
फागुन २३ गते कलश यात्रा बाट शुरु हुने सप्ताह प्रविण पं अच्यूत खनाल बाट कथा वाचन, माहात्मे, दैनिक जनचेतना नाटक संगीतमय झाकी सहित २९ गते समापन हुनेछ । यो सप्ताह बाट मन्दिरको चौतर्फी विकासको साथै जीर्ण उधार गर्ने प्रविन उद्देश्य रहेको र बाँकी रहेको रकम मन्दिर बिकासको लागि खर्च गर्ने हुँदा ज्वालामुखी शक्तेश्वर ,संतोसी माता संरक्षण समितिले सम्पूर्ण भागवत प्रेमीहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको समितिका अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments Box