एलिनाले दर्शकहरुलाई  आफ्नो गित गाएर भरपुर मनोरञ्जन प्रदान गरिन् । एलिनाले गित गाउँदा दर्शकले पनि संगसंगै गित गाउदै हुटिङ गर्दै नाचेका थिए । मेलामा  एलिनाले कट्टा हान्दिन्छ, धोकेवाज हौ तीमि, मिनरल वाटर, दुस्मन हेरेको हेरै  लगायतका थुप्रै गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन गराईन ।

आज भएको कार्यक्रममा एलिन सहित गाएक कमल खत्री गाएक बिसाल खल्तान , जादुगर राजेन्द्र गुन्द्रुके , होचा व्यक्ति मनोज गोर्खाली लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तैगरी भोली आईतबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा ,गायिका सान्त रानी परियार मंजु पौडेल , गायिका टिका प्रसाई  लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सवको प्रचारप्रसार समितिका संयोजक समेत रहेका संघका उपमहासचिव सुरज बर्तौलाले बताउनु भयो ।