By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-2 > थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

संवाददाता
संवाददाता
२०८२ असार ९, सोमबार १८:०३
इटहरी/ थारु समुदायको मौलिकता, संस्कृति र फिल्म क्षेत्रलाई प्रवर्द्धन गर्ने बृहत् उद्देश्यका साथ सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । यही असार ६ र ७ गते दुई दिनसम्म चलेको यो महोत्सवले थारु कला र संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ । यो महोत्सव थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रीय समितिले आयोजना गरेको थियो भने थारु चलचित्र तथा सांस्कृतिक संघ मोरङ र सुनसरी कार्य समिति सह-आयोजकको भूमिकामा रहेका थिए ।
महोत्सवको पहिलो दिनका कार्यक्रमहरू झुम्कास्थित कलश पार्टी प्यालेसमा आयोजना गरिएको थियो भने दोस्रो दिनका गतिविधिहरू म्याजिक सिनेमा हलमा सम्पन्न भएका थिए । दुवै दिनको महोत्सवको अध्यक्षता थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष परशुराम चौधरीले गरेका थिए । महोत्सवको पहिलो दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । उनले कार्यक्रममा थारु रीतिरिवाज झल्किने गरी हप्तामा कम्तीमा एउटा कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्न सकिने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी, था.क.स.का पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरी लगायत थुप्रै चलचित्रकर्मी र थारु समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।महोत्सवको पहिलो दिन थारु कला, संस्कृति र समाजमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा पूर्व था.क.स. केन्द्रीय अध्यक्ष तथा पूर्व गण्डकी र वागमती अञ्चलाधिस नरेन्द्र कुमार चौधरी, पूर्व था.क.स. केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरी, रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी, समाजसेवी सिताराम चौधरी र दीपा नारायण चौधरी, लेखक तथा निर्देशक सागर ढुंगेल, संगीतकार तथा गायक फणीन्द्र सुवेदी, रामधुनी नगरपालिकाका पूर्व मेयर जय प्रकाश चौधरी, समाजसेवी हरिनारायण चौधरी, कलाकार दिनेश कोइराला, मोडल गणेश बहादुर राउत आर्यान, गायक तथा संगीतकार रामा मण्डल, गायक, संगीतकार तथा वाद्यवादक लाल बहादुर चौधरी, निर्माता तथा निर्देशक लाखमान योञ्जन र भीम लामा, संगीतकार तथा गायक सत्यनारायण चौधरी लगायतका दर्जनौं व्यक्तित्वहरू रहेका थिए ।
महोत्सवमा थारु फिल्म प्रदर्शन, विभिन्न सांस्कृतिक गतिविधिहरू, थारु नृत्य प्रतियोगिता, झाँकी प्रदर्शन र विशिष्ट व्यक्तित्वहरूको सम्मान लगायतका कार्यक्रमहरू समावेश गरिएका थिए । पहिलो दिन १३ वटा झाँकी प्रदर्शन गरिएकोमा जब्दी टोल विकास, रामधुनी १ ले उत्कृष्ट झाँकी प्रदर्शन गरी ५ हजार नगद पुरस्कारसहित सम्मानित भयो । सो नगद पुरस्कार महोत्सवको दोश्रो दिन प्रदान गरिएको थियो । यस्तै नृत्य प्रतियोगितामा १० वटा समूहले प्रतिस्पर्धा गरेका थिए । निर्णायकहरूको छनौटका आधारमा रियालिटी क्रुले १० हजार नगद पुरस्कारसहित प्रथम स्थान हासिल गर्‍यो ।
यस्तै भर्सटायल डान्स ग्रुपले ७ हजार नगद पुरस्कारसहित दोस्रो र एस डी क्रिएशनले ५ हजार नगद पुरस्कारसहित तेस्रो स्थान हासिल गरे । यी विजेताहरूको घोषणा तथा पुरस्कार वितरण महोत्सवको दोस्रो दिन म्याजिक सिनेमा हलमा गरिएको थियो ।
महोत्सवको दोस्रो दिनको प्रमुख अतिथि था.क.स.का पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरी रहेका थिए । सो दिन थारु चलचित्र तथा संस्कृतिमा योगदान पुर्‍याएका विभिन्न समुदायका दर्जनौं कलाकार, निर्देशक, गायक तथा अन्य व्यक्तित्वहरूलाई कदरपत्रले सम्मान गरिएको थियो ।
साथै, थारु समुदायका नयाँ कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा सुनसरी, मोरङ, सप्तरी, उदयपुर लगायतका जिल्लाबाट कलाकार, निर्माता, निर्देशक, वितरक, चलचित्रकर्मी तथा विभिन्न राजनीतिक दलका नेताहरूको व्यापक सहभागिता रहेको थियो । यस महोत्सवलाई नेपाल चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो । चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सवले थारु समुदायको कला, संस्कृति र मौलिकतालाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
Facebook Comments Box

यो पनि पढ्नुहोस्

शेयर बजार फेरि २ हजार विन्दुभन्दा तल झर्‍याे

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन

सहकारीको स्थापना दिवसको अवसरमा सदस्यहरु सम्मानित

सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?