हेटौँडा । हेटौंडा उपमहानगरपालिका १० स्थित तुलसीमेहर मोमोरियल माध्यमिक विद्यालयले आफ्नो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । मंगलबार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभिभावक दिवस सभ्य र भव्य रुपमा मनाउने तयारी भैरहेको विद्यालयका प्रिन्सीपल रघुनाथ खरालले जानकारी दिनुभयो ।
यही फागुन १५ गते आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा अभिभावक दिवस मनाइने उहाँले बताउनुभयो । कार्यक्रममा विज्ञान प्रदर्शनी, सामाजिक विषयको प्रदर्शनी, विद्यार्थका प्रतिभा देखाउनुका साथै नेपाली मौलिक कला, संस्कृति झल्कने नृत्यहरु प्रस्तूतीका रुपमा रहने प्रिन्सीपल खरालले बताउनुभयो । कार्यक्रममा विविध खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण, अभिभावक, शिक्षक कर्मचारी सम्मान समेत रहने बताइएको छ । उक्त अवसरमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरुको खाजाको स्टल समेत रहने बताइएको छ
