हेटौंडा/हेटौंडा उपमहानगरपालिकामा पहिलो पटक सामुदायिक विद्यालयका शिक्षक महिलाको भलिबल प्रतियोगिता हुने भएको छ ।
फागुन १६ र १७ गते हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविको प्रांगणमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा महिला शिक्षकको १० वटा टिमबीच प्रतियोगिता हुने र सहभागिताका लागि नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । शिक्षक–कर्मचारी भलिबल प्रतियोगितामा चन्द्रोदय मावि, जनप्रिय मावि, महेन्द्र मावि पदमपोखरी, भुटनदेवी मावि, ज्योति मावि हर्नामाडी, सिद्धार्थ मावि, आधुनिक राष्ट्रिय मावि, प्रगति मावि र त्रिभुवन मावि हेटौंडाको सहभागिता रहने जनाइएको छ ।
