हेटौडा । नेपाल मगर संघ केन्द्रीय समितिको ४३ औं स्थापना दिवस मकवानपुरमा भब्य रुपमा मनाउने भएको छ । यही फागुन १५ गते हेटौडाको हुप्र चौरमा कार्यक्रम हुने भएको छ । आज एक पत्रकार सम्मेलन गरि बृहत् रुपमा बाजागाजा र झाँकी सहित मगर भेषभूषामा हेटौंडाको बुद्ध चोक देखि हुप्र चौर सम्म र्याली आयोजना गरी विविध साँस्कृतिक तथा फुड फेस्टिभल कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष सन्देश तुम्सिङ मगरले जानकारी दिनु भयो । हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालीका, राक्सिराङ गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाका वडाहरु ३,४,५ र ८ लगायतवाट आर्थिक सहायता भएको संघका सहसचिव (कार्यवाहक सचिब ) भूपेन्द्र रानाले जानकारी दिनु भयो । मकवानपुरमा झन्डै बाईस हजार मगरहरु रहेको र दस हजार हाराहारीमा उक्त कार्यक्रम अबलोकन गर्ने आँकलन गरिएको अध्यक्ष तुम्सिङले बताए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका राधिका हमाल पुन, लोकदोहोरी गायिका तथा नृत्यकार शशी पुन मगर , लोक तथा दोहोरी गायक अजित लोप्चन लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहनुको साथै मगर संस्कृति झल्किने कौरा, मारुनी, घाटु, हुर्रा लगायतको प्रस्तुती हुने अध्यक्ष तुम्सिङले बताए । बर्सेनि फागुन १५ गतेलाई मगर संघले स्थापना दिबसको रुपमा मनाउने गरिन्छ । यस प्रकारका कार्यक्रम वाट मगर एकता र मगर संस्कृतिको जगेर्ना हुने संघका सहसचिव रानाले वताउनु भयो । कार्यक्रममा संघको जिल्लाका दश ओटै स्थानिय तहका समितिहरु, वडाका ईकाईहरु, पाँच वटा भातृ संस्थाहरु, जिल्लाका मगर गुठिहरु लगायत वाट साथै गैर मगरहरुको सहभागी हुने छन् । मगर समुदायको माघे सकराती, लखन स्मृति दिवस, अरुण स्मृति दिवस, संघ स्थापना दिवस, बुद्ध पुर्णिमा, धान्य पुर्णिमा लगायत मुख्य चाड तथा दिवस रहेका छन् । हालसालै हेटौंडा ८ स्थित ओम नगरमा संघको आफ्नै कार्यालय निर्माण भैरहेको छ । यस भवन निर्माण कार्यमा सबैले हातेमालो गरिदिने संघले विश्वास लिएको छ ।
४३ औं मगर संघ स्थापना दिवस भव्य रुपमा मनाईने




थप समाचार
