हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १४ माघ २५ गते बालमैत्री वडा घोषणा हुने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा १४ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ २५ गते गते शुक्रबार १४ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक एवम् वडाध्यक्ष दीपक खड्काले बताउनुभयो । आवश्यक ५१ वटा सूचकहरुमध्ये हालसम्म ४६ वटा सुचकहरुमा शत प्रतिशत, १ वटा सुचकमा ९८ प्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम नतिजा हाँसिल भएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । वडाध्यक्ष खड्काले यसअघि सो वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको बताउनुभयो । उक्त वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्षभन्दा कम उमेर समूहका २ हजार ४ सय ९४ जना बालबालिका रहेका छन् । जसमा १ हजार २ सय ६७ बालक र १ हजार २ सय २७ बालिका रहेका छन् । यसअघि हेटौंडा उपमहानगरपालिकाका १८ वटा वडा बालमैत्री वडा घोषित भइसकेको छ ।
१४ नं. वडालाई माघ २५ गते बालमैत्री वडा घोषणा गरिने

Facebook Comments Box



थप समाचार
