सुनको मूल्य आज तोलामा एक हजार ९ सय रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन भने प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुन अहिले सम्मकै महँगो एक लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यसयता भने सुनको मूल्य घटेको थियो । फेरि सुनको मूल्य उकालो लाग्न थालेको छ ।

Facebook Comments Box